२० लिटर ट्यांकी भएको थाइ बाइक ह्यानवे स्कोमोटो एचडी २५० को खुल्यो बुकिङ

काठमाडौं – थाइल्यान्डमा निर्मित ह्यानवेको स्ट्रिट नेकेड बाइक स्कोमोटो २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक मोटर्स एभेन्युले सो बाइक २० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने बताएको छ ।

एफआई इन्जिन र डबल एबीएस भएको यो बाइकमा २० लिटरको इन्धन ट्यांकी छ । गोल्ड चेन भएकाले यसको साउन्ड पनि निकै नै स्मुथ छ । स्पोर्टी टायर भएको सो बाइकको मूल्य ५ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

बाइकमा २५० सीसीको लिक्विडकुल्ड इन्जिन छ, जसले २६.५ बीएचपी पावर र २१ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा लेदर ड्युअल सिट छ । इन्जिनमा ६–स्पिड गियरबक्स छ ।

नेपाली बजारमा ह्यानवेका डर्ट टाइपको स्क्र्याम्बलर १५० र २५०, स्पोर्टी टाइपको फ्युरियस १५० र क्रुजर टाइपको भी–बब २५० बाइक समेत उपलब्ध छ ।

थाइल्यान्डमा निर्मित यी बाइक निकै नै गुणस्तरीय मानिन्छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...