लन्च हुने अन्तिम तयारीमा हुन्डाईको नयाँ आयोनिक भी, आकर्षक मूल्यमै ६५० किमीसम्म रेन्ज
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल...
काठमाडौं–होन्डाले आफ्नो नयाँ पारिवारिक इलेक्ट्रिक स्कुटर क्यूसी३ बजारमा ल्याएको छ । अघिल्ला मोडलहरू क्यूसी१ र एक्टिभा ईः ले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेपछि कम्पनीले क्युसी३ मार्फत ईभी बजारमा पुनरागमन गर्ने प्रयास गरेको छ ।
नयाँ क्युसी३ को स्टायल अघिल्लो क्युसी१ सँग मिल्दोजुल्दो भए तापनि यसमा दैनिक प्रयोगकर्ताका लागि व्यावहारिक परिवर्तनहरू गरिएको छ ।
कम्पनीले यसलाई म्याट फोटोन ग्रे मेटालिक, पर्ल प्रिसियस ह्वाइट, पर्ल स्यालो ब्लु र पर्ल साइरन ब्लु गरी चार फरक रङहरूमा उपलब्ध गराएको छ । स्कुटरको मूल्य एक लाख ३५ हजार भारु निर्धारण गरिएको छ ।
यसमा ३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा १४५ किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ । ब्याट्रीलाई शून्यबाट ८० प्रतिशतसम्म चार्ज हुन २ घण्टा ४० मिनेट लाग्छ भने पूर्ण रूपमा चार्ज हुन करिब चार घण्टाको समय लाग्ने बताइएको छ ।
स्कुटरमा ३२ लिटरको फराकिलो स्टोरेज क्षमता दिइएको छ, जुन घरायसी सामान बोक्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ । प्रविधिका हिसाबले यसमा ५ इन्चको टीएफटी कन्सोल राखिएको छ, जसले स्मार्टफोन कनेक्टिभिटी, टर्न–बाय–टर्न नेभिगेसन र स्मार्ट कीजस्ता आधुनिक सुविधाहरू प्रदान गर्दछ ।
नयाँ क्युसी३ ले बजारमा बजाज चेतक, टीभीएस आईक्युब, एथर रिज्टा र भिडा भीएक्स२ जस्ता स्थापित इलेक्ट्रिक स्कुटरहरूसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा इलेक्ट्रिक स्कुटरको माग बढिरहेको सन्दर्भमा आगामी दिनमा होन्डाका इलेक्ट्रिक स्कुटर समेत उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...