साउन मसान्तसम्म १ खर्ब ४३ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह, वाणिज्य बैंकमा घट्दा विकास बैंकमा बढ्यो

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने हायर पर्चेज (सवारी तथा उपकरण) कर्जा चालु आर्थिक वर्षको साउन मसान्तसम्म १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो महिना (असार मसान्त) को तुलनामा यो ०.०६ प्रतिशतले सामान्य वृद्धि हो । असार मसान्तसम्म कुल हायर पर्चेज कर्जा १ खर्ब ४३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूबाट प्रवाह भएको हायर पर्चेज कर्जा साउनमा सामान्य घटेको छ । असार मसान्तमा १ खर्ब २८ अर्ब ९२ करोड रुपैयाँ रहेको यस्तो कर्जा साउनमा ०.०६ प्रतिशतले घटेर १ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ ।

विकास बैंकहरूमा भने हायर पर्चेज कर्जा बढेको छ । असारमा १० अर्ब ८६ करोड रुपैयाँ रहेको कर्जा साउनमा १.६४ प्रतिशतले बढेर ११ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । फाइनान्स कम्पनीहरूको हायर पर्चेज कर्जा साउनमा ०.३६ प्रतिशतले घटेर ३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।असारमा ३ अर्ब २४ करोड थियो।

राष्ट्र बैंकका अनुसार समग्र कर्जामा हायर पर्चेज कर्जाको हिस्सा स्थिर देखिए पनि विकास बैंकहरूले सवारी कर्जामा आक्रामक लगानी बढाएको देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...