प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यसको प्रि–बुकिङ समेत खुला गरेको छ भने बिक्रीका लागि मार्च महिनादेखि उपलब्ध हुने जनाइएको छ ।

स्कोडाले कुशाकमा धेरै कस्मेटिक परिवर्तनहरू गरेको छ । एसयूभीमा सेग्मेन्टेड एलईडी लाइट बारको साथ पुनः डिजाइन गरिएको ग्रिल जाडन गरिएको छ । अगाडिको बम्परलाई नयाँ स्किड प्लेटको साथ रि–वर्क गरिएको छ ।

एसयूभीको पछाडि ’स्कोडा’ अक्षरको साथ एलईडी लाइट बारद्वारा जोडिएको नयाँ एलईडी टेलल्याम्प क्लस्टरलाई रिफ्रेस गरिएको छ । भित्री लेआउटमा धेरै परिवर्तन नभए पनि, एसयूभीमा गुगल जेमिनी एआई सहायकको साथ नयाँ १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मसाज फंक्सन भएको रियर सिट दिइएको छ ।

अन्य सुविधाहरूमा प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, ६ तवरले एड्जस्ट गर्न सकिने अटोमेटिक तथा भेन्टिलेटेड फ्रन्ट सिट, पार्किङ सेन्सर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो एवं एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ ।

एसयूभीमा १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ, जुन ६–स्पिड म्यानुअल अर्थात नयाँ ८ स्पिड अटोमेटिक ट्रान्समिसनसँग उपलब्ध छ । कुशाक फेसलिफ्टको टप भेरिएन्टमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प दिइएकाे छ भने ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड असिस्ट, रेन–सेन्सिङ वाइपर, अटो–डिमिङ आइआरभीएम र सबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा

स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा

पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा...

चर्चामा फिएट : भारतमा पुनरागमन हुन सक्ने अनुमान

चर्चामा फिएट : भारतमा पुनरागमन हुन सक्ने अनुमान

एफसीएको मूल कम्पनी स्टेलान्टिसले फिएट ब्रान्डलाई भारतमा पुनः लन्च गर्ने...

यस्ता आकर्षक फिचर सहित स्कोडा कुशाक लन्चिङको लागि तयारी

यस्ता आकर्षक फिचर सहित स्कोडा कुशाक लन्चिङको लागि तयारी

स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...