एक वर्षमै ५० हजार युनिट उत्पादन पार गर्दै स्कोडा काइलकले रच्यो नयाँ इतिहास
स्कोडाकाे ४ मिटरभन्दा कम लम्बाइको लोकप्रिय एसयूभी काइलकले एक वर्षभित्रै...
काठमाडौं–स्कोडाले आफ्नो सर्बाधिक सफल मोडल कुशाकको फेसलिफ्ट भर्सन लन्च गर्ने तयारी गरेको छ । जनवरी २०२६ मा लन्च हुने अपेक्षा गरिएको सो एसयूभीमा केही सेग्मेन्ट फर्स्ट फिचर समेत उपलब्ध हुने जनाइएको छ । जसमध्ये रियर सिटमा समेत मसाज फंक्सन एक हुनेछ ।
कुशाक फेसलिफ्टको एक्सटेरियरमा समेत अपडेट हुने र पावरट्रेनमा नयाँ विकल्प थपिने स्कोडा इण्डियाको भनाई छ । कम्पनीले यसमा नयाँ अटोमेटिक गियरवक्स जडान गर्ने सम्भावना देखिएको छ । हाल उपलब्ध ६ स्पिड अटोमेटिक गियरवक्सलाई विस्थापन गरी नयाँ ८ स्पिड टर्क कन्भर्टर युनिट राखिने सम्भावना देखिएको हो ।
फिचरको कुरा गर्नुपर्दा सो नयाँ भर्सनमा स्कोडाले पानारोमिक सनरुफ, पछाडिको चक्कामा समेत डिस्क ब्रेक र नयाँ ग्राफिक्स सहितको स्क्रिन उपलब्ध हुनेछ । साथै, यसमा लेभल–टु एडास र ३६० डिग्री क्यामेरा समेत उपलब्ध हुने अनुमान गरिएको छ ।
एसयूभी १.० लिटर टर्बो पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर टीएसआई इन्जिनमा उपलब्ध हुनेछ । एकदमै प्रतिस्पर्धात्मक सेग्मेन्टमा आउँदै गरेको कुशाक फेसलिफ्टले हुन्डाई क्रेटा, टाटा सिएरा, किया सेल्टोस र सुजुकी ग्रान्ड भिटारा लगायत एसयूभीसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
स्कोडाकाे ४ मिटरभन्दा कम लम्बाइको लोकप्रिय एसयूभी काइलकले एक वर्षभित्रै...
स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर...
स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...