फेसलिफ्ट लन्च हुने मिति नजिकिएपछि स्कोडाले कुशाकमा दियो भारी छुट
स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकमा भारी छुट दिएको छ । एसयूभीको...
काठमाडौँ – स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाक मार्फत् ३० हजार युनिट बिक्रीको आँकडा पार गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
यो एसयुभीले २०२५ जनवरीदेखि अगस्टसम्म ३० हजार १९० युनिट होलसेल बिक्री गर्दै ३० हजार थान बिक्रीको आँकडा पार गरेर बलियो ग्राहक स्वीकार्यता हासिल गरेको हो । यो तथ्यांकले भारतीय ग्राहकबीच स्कोडाप्रति बढिरहेको भरोसा र ब्रान्डको गुणस्तर, विश्वसनीयता र प्रदर्शनप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ ।
स्कोडा कायलाक हाल स्कोडा इन्डियाको सबैभन्दा महत्वपूर्ण मोडेलमध्ये एक बनिसकेको छ, जसले ब्रान्डको कुल बिक्रीमा ६५ प्रतिशत हिस्सा समेट्छ । यस सफलताले भारतमा कम्प्याक्ट र सब–कम्प्याक्ट एसयूभीप्रतिको माग तीव्र रूपमा बढिरहेको देखाउँछ भने स्कोडाले ग्राहकहरूको शैली, प्रदर्शन र उपयोगीतामाथिको अपेक्षा सफलतापूर्वक पूरा गरिरहेको संकेत गर्दछ ।
आधुनिक डिजाइन, भरपर्दो प्रदर्शन र मूल्यअनुसारको आकर्षक प्याकेजका कारण कायलाक देशभरका ग्राहकहरूको रोजाईमा परेको हो ।
स्कोडा कायलाकमा १.० लिटर टर्बो पेट्रोल इञ्जिन प्रयोग गरिएको छ, जसले ६–स्पीड म्यानुअल वा अटोमेटिक गियरबक्ससँग मिलेर काम गर्छ । यसले ११४ एचपी पावर र १७८ एनएम टर्क प्रदान गर्छ, जसले शहरी एवम् लामो दुरी दुवै ड्राइभमा सहज, शक्तिशाली र आरामदायक अनुभव दिन्छ । प्रदर्शन र माइलेजको सन्तुलन किलाकको मुख्य आकर्षण हो ।
भारतीय बजारमा क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कायलाकका सुविचारित ढंगले डिजाइन गरिएका चार मुख्य भेरियन्टहरू उपलब्ध छन् । प्रत्येक भेरियन्टमा ग्राहकका फरक फरक आवश्यकताहरू पूरा गर्ने गरी विशेषता, आराम, सुरक्षा र सुविधाहरू समेटिएका छन् ।
साथै, यो एसयुभी ७ आकर्षक रंगहरू ओलिभ गोल्ड, लाभा ब्लू, टोर्नेडो रेड, कार्बन स्टिल, ब्रिलियन्ट सिल्भर, क्यान्डी व्हाइट र डीप पर्ल ब्ल्याकमा उपलब्ध छ, जसले ग्राहकलाई आफ्नो स्टायललाई सुहाउने रङ्ग छनोट गर्न मद्दत गर्छ ।
कायलाकले सकारात्मक प्रतिक्रिया पाउनुको कारण स्कोडाको इनोभेसन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको निरन्तरको प्रतिबद्धता हो । उन्नत इन्जिनियरिङ, आधुनिक डिजाइन र किफायती मूल्यको संयोजन मार्फत स्कोडाले भारतीय अटो बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।
कायलाकको सफलतासँगै स्कोडा इन्डिया भविष्यमा पनि भारतीय ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्न र ब्राण्डको उत्कृष्टता एवम् विश्वसनीयतामा आधारित छविलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको देखाउँछ । यस गतिलाई कायम राख्दै ब्रान्डले कारप्रेमीहरूका लागि आगामी दिनमा अझ धेरै भरोसा, आत्मविश्वास र गर्व गर्न लायक मोडेलहरू बजारमा ल्याउने संकेत दिएको छ ।
स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकमा भारी छुट दिएको छ । एसयूभीको...
पछिल्ला केही वर्षदेखि भारतीय ग्राहकहरूमाझ कम्प्याक्ट एसयूभीको माग...
स्कोडाकाे आफ्नो वहुप्रतिक्षित एसयूभी कुशाक फेसलिफ्ट लन्च हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...