नयाँ ८ स्पिड अटोमेटिक गियरबक्स अपडेटसहित स्कोडा स्लाभिया फेसलिफ्ट लन्च हुँदै
स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको फेसलिफ्ट संस्करण भारतीय बजारमा...
भारतमा स्कोडा कुशाक फेसलिफ्टको उत्पादन औपचारिक रूपमा सुरु भएको छ। स्कोडा अटो इन्डियाले पुणे नजिकैको चाकन प्लान्टमा नयाँ मोडलको उत्पादन प्रारम्भ गरेको हो।
कम्पनीले गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डमा कुनै सम्झौता नगरी भारतमै सकेसम्म धेरै पार्टपुर्जा उत्पादन गरी लागत नियन्त्रण गर्ने रणनीतिलाई प्राथमिकता दिएको छ। यसै योजनाअन्तर्गत अपडेट गरिएको कुशाक महत्वपूर्ण मोडलका रूपमा अघि बढाइएको हो। यस वर्षको सुरुवातमै सार्वजनिक गरिएको फेसलिफ्ट संस्करणको ग्राहकलाई डेलिभरी भने मार्च २०२६ देखि सुरु हुने अपेक्षा गरिएको छ।
नयाँ फेसलिफ्ट कुशाकको फ्रन्टमा नयाँ डे-टाइम रनिङ लाइटसहित पुनः डिजाइन गरिएको हेडलाइट राखिएको छ, जसलाई सेग्मेन्टेड लाइट स्ट्रिपले जोडेको छ। ग्रिल र बम्परमा पनि नयाँ आकार र एङ्गुलर मेटालिक सजावट थपिएको छ। बोनटमा नयाँ ब्याज समावेश गरिएको छ भने पछाडिको भागमा इल्युमिनेटेड ब्रान्ड लेटरिङ र स्प्लिट एलईडी टेललाइट दिइएको छ ।
यसको इन्जिन भने पहिलेझैँ १.० लिटर र १.५ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । तर १.५ लिटर इन्जिनमा अब रियर डिस्क ब्रेक थपिएको छ। ट्रान्समिसनको लागि ६ स्पिड म्यानुअल, सानो इन्जिनका लागि नयाँ ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक तथा ७ स्पिड ड्युअल क्लच गियरबक्स विकल्प प्रदान गरिएको छ।
फिचरका हिसाबले प्रेस्टिज र मोन्टे कार्लो भेरिएन्टमा उल्लेखनीय सुधार गरिएको छ। यसमा प्यानोरामिक सनरुफ, २६.०३ सेन्टिमिटरको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड र पावर एडजस्टेबल फ्रन्ट सिट तथा गुगलमा आधारित एआई असिस्टेन्ससहित २५.६ सेन्टिमिटर टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर थपिएको छ । साथै, सेगमेन्टमै पहिलो पटक पछाडिको सिटमा मसाज सुविधा, अगाडिको पार्किङ सेन्सर र एम्प्लिफायर तथा सबवुफरसहित अडियो सिस्टम पनि उपलब्ध गराइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...