एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर
काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड...
स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले इलेक्ट्रिक एसयूभी स्कोडा इलराेक आरएसको भिडियो टिजर जारी गरेको छ। सो एसयूभी अप्रिल ३, २०२५ मा विश्वव्यापी रूपमा डेब्यू हुनेछ।
यसको एक्टेरियर डिजाइनमा नयाँ र आकर्षक सुविधा समावेश गरिएको छ। यो विशेष हाइपर ग्रीन रङमा उपलब्ध हुनेछ, जुन यसअघि स्कोडा अक्टाभिया आरएसमा पनि देखिएको थियो ।
यसको फ्रन्टको बम्पर पुन: डिजाइन गरिएको छ र यसको ओआरभीएम, रुफ रेल र फेन्डर माथि आरएस ब्याजिङ छ । यसमा भिजन ७एस अवधारणा जस्तै डिजाइन गरिएको एरो-अप्टिमाइज्ड अलोय ह्विल छ । यसमा २१ इन्चको पाङ्ग्रा र स्कोडा क्रिस्टल लाइटिङ इन्ग्रेभिङ छ ।
यसको इन्टेरियर पनि स्पोर्टी देखिन्छ । यसको स्पोर्ट्स सिट र स्टेयरिङ ह्विलमा विशेष ध्यान दिइएको छ । यसमा १३ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन, हेड-अप डिस्प्ले, एम्बियन्ट लाइट र वायरलेस चार्जिङ प्याड समावेश छ।
कम्पनीले अहिलेसम्म यसको ब्याट्री प्याकको स्पेसिफिकेशन खुलासा गरेको छैन, तर यो ८५ किलोवाट आवरको ब्याट्री प्याकको साथ आउने अपेक्षा गरिएको छ । सो ब्याट्री प्याकले ३२६ हर्सपावर जेनेरेट गर्न सक्छ । यसको ड्राइभिङ रेन्ज ५६० किलोमिटरभन्दा बढी हुन सक्छ।
स्कोडाले सेप्टेम्बर २०२५ सम्ममा भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ। यसमा स्कोडा एन्याक, एन्याक कुपे र एलराेक जस्ता मोडल समावेश हुन सक्छ । यद्यपि हालको लागि एलराेक आरएसको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन।
काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड...
स्कोडा अटो इन्डियाले सन् २०२६ सम्ममा भारतमा वार्षिक १ लाख कार बिक्री गर्ने...
जिप इन्डियाले भारतमा लन्च गरिने एसयूभी मेरिडियनको टिजर जारी गरेको छ । जिप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...