स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडा अटोले भारतमा ५ लाख युनिट कार उत्पादनको नयाँ माइलस्टोन हासिल गरेको छ । पुणेस्थित प्लान्टबाट ५ लाख औं युनिट स्कोडा कार रोलआउट गरेर कम्पनीले नयाँ उपलब्धि हासिल गरेको हो ।

फक्सवागन समुहको सहायक कम्पनीका रुपमा सञ्चालित स्कोडा अटो फक्सवागन इन्डियाले भारतमा पुणे र छत्रपति संभाजी नगरमा कार प्लान्ट स्थापना गरेको छ । स्कोडाले पहिलो पटक २००१ मा आफ्नो छत्रपति संभाजी नगर प्लान्टबाट अक्टाभिया रोलआउट गरेको थियो ।

स्कोडाका अनुसार, निर्माण गरिएका ५ लाख युनिटमध्ये ७० प्रतिशत पुणे प्लान्टमा उत्पादन गरिएको हो भने बाँकी छत्रपति संभाजी नगर प्लान्टमा निर्माण गरिएको थियो ।

कम्पनीले घरेलु बजारको लागि मात्रै नभई आफ्नो केही मोडलको सिकेडी विदेशमा समेत निर्यात गर्दै आएको छ । स्कोडा इन्डियाबाट पठाइएको स्पेयर पार्टस जडान गरी भियतनाममा यसको कुशाक र स्लाभिय मोडल तयार हुँदै आएको छ ।

स्कोडाले हालै भारतमा आफ्नो अहिलेसम्मकै उच्च अर्धवार्षिक बिक्री दर्ता गरेको छ । कार निर्माताले जनवरी देखि जुन २०२५ सम्म ३६ हजार १९४ युनिट कार बिक्री गरेर रेकड कायम गरेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १३४ प्रतिशतले वढि हो ।

स्कोडाका कार नेपाली बजारमा समेत उपलब्ध छन् । एमएडब्लु ग्रुपले बिक्री गर्दै आएको यस ब्रान्ड अन्तर्गत हाल बजारमा कुशाक, स्लाभिया, सुपर्व, कारोक र कोडियाक जस्ता मोडल उपलब्ध छन् । यि कारको मूल्य ५० लाखदेखी २ करोडसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप

स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप

स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो । सबैभन्दा ठूलो अर्थतन्त्र...

स्कोडा काइल्याकको भारतमा बुकिङ खुला, नेपाल आएपछि यी एसयूभीसँग प्रतिस्पर्धा

स्कोडा काइल्याकको भारतमा बुकिङ खुला, नेपाल आएपछि यी एसयूभीसँग प्रतिस्पर्धा

स्कोडाले आफ्नो नयाँ सव फोर मिटर एसयूभी काइल्याकको भारतमा बुकिङ खुला गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...