यो महिना लन्च हुँदैछन् सुजुकी, टाटा, स्कोडा र होन्डाको ६ नयाँ कार

भारतमा यो महिना ६ वटा नयाँ कार लन्च हुने संभावना देखिएको छ । जसमध्ये मारुती सजुकीले एक्सएल ६ र इर्टिगालाई अपडेट गरेर यसको फेसलिफ्ट मोडल लन्च गर्ने जनाइएको छ । यी कार यसै महिनाको तेस्रो हप्ताभित्र लन्च भैसक्ने अनुमान गरिएको छ । सुजुकीले एक्सएल ६ को एक्सटेरियरमा सामन्य फेरबदल र इन्टेरियरमा मेजर अपडेट गरी यसको फेसलिफ्ट मोडल लन्च गर्न लागेको हो ।

यो अपडेटेड कारमा ठूलो इन्फोटेन्मेन्ट सिस्टम र अपडेटेड इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध हुनेछ । यसको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिने छैन । १.५ लिटर पेट्रोल इन्जिनमा माइल्ड हाइब्रिड सिस्टमलाई अनिबार्य गर्न लागिएको यो कार ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटेटिक गियर वक्समा उपलब्ध हुनेछ । यसैगरी अर्को फेसलिफ्ट मोडल इर्टिगालाई समेत सामान्य अपडेट गरिने जनाइएको छ ।

टाटा मोटर्सले हाल कारोबार भैरहेको नेक्सन र टिगोर इभीको लामो रेन्ज भर्सन उपलब्ध गराउन सक्ने जनाइएको छ । यी दुई अपडेटेड कार समेत यसै महिनाको अन्तिम हप्ताभित्र लन्च भैसक्ने संभावना देखिएको छ । बढी रेन्ज दिन यी कारमा ठूलो साइजको व्याट्री प्याक जडान गरिनेछ ।

स्कोडाले हाल कारोबार भैरहेको कुशाक एसयुभीमा विलासी फिचर्स थप गरेर मोन्टे कार्लो एडिसन लन्च गर्न सक्ने देखिएको छ । यो एसयुभी कुसाकको टप स्पेक भेरियन्ट रहने र इन्जिन तथा पावरट्रेनमा कुनै परिबर्तन नगिरिने जनाइएको छ । यो नयाँ एसयुभी समेत यस महिनाभित्र लन्च भैसक्ने संभावना देखिएको छ ।

होन्डाले सिटी सेडानको हाइव्रिड भर्सनलाई १४ अप्रिलमा सार्वजनिक गर्ने यसअघि नै बताइसकेको छ । यो नयाँ कारमा १.५ लिटर पेट्रोल इलेक्ट्रिक हाइव्रिड पावरप्लान्ट रहने जनाइएको छ । जसको अधिकतम पावर ११० पिएस र टर्क २५३ एनएम रहनेछ । यो कार भारतकै सबैभन्दा कम इन्धन खपत गर्ने सेडान कार हुने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सको नेक्सन ईभी लन्चिङ समयदेखि हालसम्म १ लाख युनिट बिक्री गरेको...

सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी

सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी

आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका...

भारतमा टाटा ईभी किन्ने ग्राहकलाई भारी छुट

भारतमा टाटा ईभी किन्ने ग्राहकलाई भारी छुट

भारतमा टाटा मोटर्सले आफ्नो ईभी रेन्जमा १ लाख ७१ हजार भारुसम्म छुट दिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...