सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनी अब दुई पांग्रे सवारी बजारमा प्रवेश गर्ने भएको छ । सिप्रदीले नेपालमै बन्ने इलेक्ट्रिक बाइक यात्रीको निर्माता यात्री मोटरसाइकल्ससँग सहकार्य गर्ने भएको छ ।

यद्यपि यस सम्बन्धी औपचारिक जानकारी दुवै पक्षबाट सार्वजनिक भएको छैन । प्राविधिक पक्ष यात्रीले हेर्ने र बजारीकरण पक्ष सिप्रदीले हेर्ने गरी हाल कार्य अगाडि बढाउने र आगामी दिनमा थप कार्य गर्दै जाने बताइएको छ ।

यात्रीले नेपाली बजारमा पी–० र पी–१ मोटरसाइकल ल्याएको थियो र आगामी दिनमा अन्य मोडल समेत ल्याउने योजनामा रहेको थियो ।

पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।

यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

केही समय पहिले नेपालमा बनेको मोटरसाइकलले नम्बर प्लेट नपाएको चर्चा समेत चलेको थियो । यो अवस्थामा पछि सरकारले यसका लागि आवश्यक व्यवस्था गरेको थियो ।

सम्बन्धित समाचारहरू

सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै

सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै

फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...