नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता
भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको...
“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि नेपालकै प्रतिष्ठि ब्रान्ड सिप्रदी र यात्रीबिच रणनितिक साझेदारीका लागि सम्झौता भएको छ । यसबाट नेपाली अटोमोबाइल उद्योगमा एउटा नयाँ आशाको किरण जगाएको छ ।
नेपाली बजारमा टाटाका सवारी साधन बिक्री–वितरण गरिरहेको सिप्रदी र विद्युतीय मोटरसाइकल उत्पादन गरिरहेको यात्रीबिच स्वदेशमै विद्युतीय दुइ पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको छ । देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुइ पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको हो ।
देशकै प्रतिष्ठित ब्रान्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवाहरुको बीचमा चर्चित ब्रान्ड हो । यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुइ पांग्रे उत्पादन उद्योगमा कोशेढुंगा साबित भएको छ ।
भविष्यमुखी सोच एवं आधुनिक प्रविधिलाई आत्मसात गर्दै देशमा वातावरणमैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायिलाई प्रोत्साहन गर्नका लागि यो सम्झौता प्रभावकारी हुने विश्वास दुवै पक्षले लिएको छ ।
यसबाट नेपाली अटोमोबाइल व्यवसायी र युवा पंक्तिमा पनि केही आशा जगाएको छ ।
भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको...
काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाली...
भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...