क्युमिन्सको फ्लिट मिट सम्पन्न, क्लच र ब्रेक लाइनिङ सार्वजनिक
काठमाडौं – क्युमिन्स इन्डियाको नेपालका लागि आधिकारिक वितरक शुभम पावर...
काठमाडौ– टाटा कमर्सियल गाडीको मर्मत सम्भारमा अब बोस ब्रान्डको फ्युल सिस्टम प्रयोग हुने भएको छ । टाटा गाडीमा जडान भएका बोस फ्युल इन्जेक्सन पम्पहरुको मर्मत तथा संभार सेवामा वोस ब्रान्डको फ्युल सिस्टम प्रयोग गर्ने सम्वन्धि सिप्रदी ट्रेडिङ र बोस लिमिटेडविच सम्झौता भएको हो ।
उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको फ्युल इन्जेक्सन पम्प सम्बन्धि मर्मत संभारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा पाउनेछन् ।
यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई फ्युल इन्जेक्सन पम्प मर्मत गर्दा निश्चित मूल्य र कम लागत लाग्ने सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले बताए । उनले सिप्रदी तथा बोसको विस्तारित सर्भिस संजालले अझै पहुँचयोग्य र किफायती सेवा प्रदान गर्न सहज बन्ने विश्वास ब्यक्त गरे ।
यसैगरी, बोस इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने बताए । ‘अब ग्राहकले बोसको जेन्यूइन पार्टस् प्रयोग गरि निश्चित मूल्य तथा न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा पाउनेछन’ उनले भने ।
यो सेवा नेपालभर रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने जनाइएको छ । फ्युल इन्जेक्सन पम्प मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकलाई कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने जनाएको छ ।
काठमाडौं – क्युमिन्स इन्डियाको नेपालका लागि आधिकारिक वितरक शुभम पावर...
टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा स्थापित नाम हो श्री अम्बा ग्रुप । यो...
कारको इन्जिन स्टार्ट गर्न स्पार्क प्लगको अहम भूमिका हुन्छ । यो एउटा सानो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...