सिप्रदी ट्रेडिङ र बाेस बिच टाटा कमर्सियल गाडीहरुकाे फ्युल सिस्टम सम्बन्धी सेवा सम्झौता

काठमाडौ– टाटा कमर्सियल गाडीको मर्मत सम्भारमा अब बोस ब्रान्डको फ्युल सिस्टम प्रयोग हुने भएको छ । टाटा गाडीमा जडान भएका बोस फ्युल इन्जेक्सन पम्पहरुको मर्मत तथा संभार सेवामा वोस ब्रान्डको फ्युल सिस्टम प्रयोग गर्ने सम्वन्धि सिप्रदी ट्रेडिङ र बोस लिमिटेडविच सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको फ्युल इन्जेक्सन पम्प सम्बन्धि मर्मत संभारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा पाउनेछन् ।

यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई फ्युल इन्जेक्सन पम्प मर्मत गर्दा निश्चित मूल्य र कम लागत लाग्ने सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले बताए । उनले सिप्रदी तथा बोसको विस्तारित सर्भिस संजालले अझै पहुँचयोग्य र किफायती सेवा प्रदान गर्न सहज बन्ने विश्वास ब्यक्त गरे ।

यसैगरी, बोस इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने बताए । ‘अब ग्राहकले बोसको जेन्यूइन पार्टस् प्रयोग गरि निश्चित मूल्य तथा न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा पाउनेछन’ उनले भने ।

यो सेवा नेपालभर रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने जनाइएको छ । फ्युल इन्जेक्सन पम्प मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकलाई कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...

नेपालमै सवारी साधन एसेम्बल गर्दा अब ५० प्रतिशत छुट, नेपालमा बन्ने सवारीको मूल्य घट्ने

नेपालमै सवारी साधन एसेम्बल गर्दा अब ५० प्रतिशत छुट, नेपालमा बन्ने सवारीको मूल्य घट्ने

काठमाडौं – सरकारले हालै सार्वजनिक गरेको प्रतिस्थापन विधेयकमार्फत...

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

काठमाडौं – नेपाली बजारमा भारतको प्रतिष्ठित बेयरिङ निर्माता कम्पनी अस्टिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...