४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
काठमाडौं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर ग्राहक लक्षित विशेष ‘न्यु इयर बिग स्विच’ अफर सार्वजनिक गरेको छ। जनवरी १५ देखि १८ तारिखसम्म, अर्थात् माघ १ देखि ४ गतेसम्म सञ्चालन हुने यस चारदिने कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना जुनसुकै ब्रान्डका सवारी साधन साटेर टाटाका नयाँ तथा अत्याधुनिक गाडीमा अपग्रेड गर्ने अवसर पाउनेछन्।
यस योजनाको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको आकर्षक एक्सचेन्ज मूल्याङ्कन प्रदान गर्दै नयाँ सवारी साधनको अनुभव दिलाउनु रहेको सिप्रदीले जनाएको छ। अफर अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् भने नगद छुटको सुविधा पनि उपलब्ध गराइएको छ।
विद्युतीय सवारी साधनप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै कम्पनीले ईभी खरिद गर्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ। साथै नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसरिजको सुविधा पनि समावेश गरिएको छ।
यस ‘न्यु इयर बिग स्विच’ अफर टाटाका ईभी तथा आईसीई सेगमेन्टअन्तर्गतका टियागो, नेक्सन, पन्च, सफारी र कर्भ ईभी जस्ता लोकप्रिय मोडलहरूमा लागू हुनेछ। यस योजनाले नेपाली बजारमा अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी साधनको पहुँच थप सहज बनाउने विश्वास सिप्रदी ट्रेडिङले व्यक्त गरेको छ।
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
इलेक्ट्रिक सवारी साधनको बढ्दो मागसँगै लगभग सबै अटोमेकरले आफ्ना...
टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...