एमजी विन्डसर ईभी ७५ हजार युनिट बिक्री पार गर्दै भारतको लोकप्रिय इलेक्ट्रिक कार बन्न सफल
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर...
काठमाडौं– नेपाली अटो बजारमा नयाँनयाँ ब्रान्डका ईभी भित्रिने क्रम जारी छ । यसरी भित्रिने नयाँ ब्रान्डमा चिनियाँ ईभीको वर्चश्व कायमै छ । गत वर्षमात्रै एक दर्जन बढी नयाँ ब्रान्ड भित्रिएकोमा धेरैजसो कम्पनीले एउटा मात्रै मोडल आयात गरी बिक्री गर्दै आएका छन् ।
बजारमा अहिले नामी, एक्सपेङ ओमाडा, जेइको, लिप मोटर, अबतार, जिकर, रिडारा, जेएमईभी र वुलिङसँग एउटा मात्रै मोडल उपलब्ध छ । यी ब्रान्डले तत्कालै आफ्नो लाइनअप विस्तार गर्ने संभावना समेत निकै न्यून छ ।
सिजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ, अवतार, दायुन, स्मार्ट र रिडारासंग अर्को मोडलको बिकल्प छैन । कम्पनीले एक्सपेङको जी६, अवतार–११, दायुन युहु र रिडारा आरडी६ मोडल बिक्री गर्दै आएको हो । यी ईभीको मूल्य क्रमशः ८५ लाख, १ करोड ४५ लाख, ३१ लाख र ६५ लाख रुपैयाँ निर्धारण गरिएको छ । सिजी मोटर्सले बिक्री गर्ने नेटा र स्मार्टसँग भने दुईवटा मोडलको बिकल्प पाइन्छ ।

यसैगरी, एमएडब्लु ग्रुपले बिक्री गर्ने नामीको पनि एउटामात्रै मोडल उपलब्ध छ । कुल तीन भेरिएन्टमा उपलब्ध यस ह्याचब्याक ईभीको मुल्य भेरिएन्टअनुसार ३० लाख २४ हजारदेखी ३६ लाखसम्म पर्छ । यो ग्रुपले बिक्री गर्ने दिपलसँग तीनवटा मोडल उपलब्ध छ भने सेरेससँग दुईवटा मोडल छ ।

सारडा ग्रुपले नेपाल ल्याएको तीनवटै ब्रान्डले एउटामात्रै मोडल बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने ओमोडासँग ई–५, जेइकोसँग जे६ र जिकरसँग एक्स मोडल बाहेक अन्य बिकल्प छैन । यी मध्ये ओमोडा ई–५ दुई भेरिएन्टमा उपलब्ध छ र यसको मुल्य ५६ लाख र ६२ लाख रुपैयाँ पर्छ । यसैगरी, जेइको जे–६ को ७० लाख पर्छ भने दुई भेरिएन्टमा उपलब्ध जीकर एक्सको ८५ लाख र १ करोड ५४ लाख रुपैयाँ तोकिएको छ ।

सांग्रिला मोटर्सले ल्याएको लिप मोटर्ससँग पनि एउटा मात्रै मोडल उपलब्ध छ । कम्पनीले ल्याएको सी–१० ईभीको मूल्य ६८ लाख रुपैयाँ निर्धारण गरिएको छ । जगदम्बा मोटर्सले ल्याएको जेएमईभी जेएसईको मुल्य ५४ लाख तोकिएको छ भने पारामाउन्ट मोटर्सले बिक्री गर्ने वुलिङ विंगोलाई ३२ लाख पर्छ ।
नेपाली बजारमा बिक्री हुने ईभीमा बीवाईडीसँग सबैभन्दा धेरै प्रोडक्ट लाइनअप छ । बीवाईडीले सील, एट्टो३, डल्फिन, ई६ र एम६ गरी कुल ५ वटा मोडल बिक्री गर्दै आएको छ । यसैगरी, टाटाले नेक्सन, पन्च, टियागो र टिगोर मोडल बिक्री गर्दै आएको छ भने एमजीले जेडएस, एमजी४ र कोमेट तथा दिपलले एस०७, एल०७ र ई०७ उपलब्ध गराउँदै आएको छ । हुन्डाईले कोना र आयोनिक–५ बिक्री गर्दै आएकोमा कियाले ईभी६ र ईभी९ मोडल बेच्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...