स्याक्म्यानका एक्स-५०००ई इलेक्ट्रिक ट्र्याक्टर र डम्प-ट्रक नेपाल आउँदै, जगदम्बा मोटर्सको अर्को कार्य
काठमाडौं – शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी...
काठमाडौँ– चिनियाँ अटोमोबाइल निर्माता जिलीले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी ईएक्स५ को नयाँ र परिमार्जित संस्करण सार्वजनिक गरेको छ ।
अझ शक्तिशाली पर्फर्मेन्स, अत्याधुनिक ६सी फास्ट चार्जिङ प्रविधि र आधुनिक डिजाइनसहित आएको यो एसयुभी पाँचवटा भेरियन्टमा उपलब्ध गराइएको छ । यसको सुरुवाती मूल्य १४ हजार ४०० देखि २० हजार ३०० अमेरिकी डलरसम्म तोकिएको छ ।
नयाँ ईएक्स५का मुख्य मोडलहरूलाई फ्रन्ट–ह्विल ड्राइभबाट रियर–ह्विल ड्राइभमा परिमार्जन गरिएको छ । यसमा रहेको २४५ किलोवाट को रियर–माउन्टेड मोटरले अघिल्लो मोडलको तुलनामा ११४ हर्सपावर बढी शक्ति प्रदान गर्दछ । ८०० भोल्ट आर्किटेक्चरमा आधारित यो गाडीलाई ९ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
गाडीको छतमा राखिएको लिडार सेन्सर र जी–पाइलट एच५ ड्राइभिङ प्रणालीले सहरी तथा हाइवे क्षेत्रमा स्वचालित ड्राइभिङ, मेमोरी पार्किङ र फिंगरटिप पार्किङमा मद्दत पु¥याउँने बताइएको छ ।
नयाँ एजिस गोल्डेन ब्रिक ब्याट्री राखिएको यस एसयुभीमा ६०.२२ किलोवाट आवर, ६१.५२ किलोवाट आवर, र ७०.०१ किलोवाट आवर क्षमताका ब्याट्री विकल्पहरू उपलब्ध छन्, जसले एक पटकको फुल चार्जमा ५३० देखि ६३५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
गाडीको भित्री भागमा १५.४ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल टचस्क्रिन र १०.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । साथै, फ्लाइम अटो२ स्मार्ट ककपिट सिस्टम, ५० वाटको वायरलेस फोन चार्जिङ, ५४० डिग्री ट्रान्सपरेन्ट च्यासिस, ४ जोन भ्वाइस कन्ट्रोल र आरामदायी जिरो ग्राभिटी फ्रन्ट प्यासेन्जर सिट जस्ता सुविधाहरू समावेश छन् ।
गाडीको बाहिरी भागमा नयाँ फ्रन्ट बम्पर, १६० लिटरको अगाडिको ट्रंक, परम्परागत डोर ह्यान्डल र १८ तथा १९ इन्चका ह्विल विकल्पहरू उपलब्ध गराइएको छ ।
जिली ईएक्स५ नेपाली बजारमा समेत उपलब्ध विद्युतीय एसयूभी हो । यस गाडीको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले आगामी दिनमा ईएक्स५ को नयाँ भर्सन समेत आयात गरी बिक्रीवितरण गर्ने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...