गल्फ र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन ३ का लागि साझेदारी नवीकरण, स्पेसल एडिसनको लुब्रिकेन्ट बजारमा
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा वितरक...
काठमाडौं–क्यास्ट्रोलले नेपालका विभिन्न जिल्लाका प्रमुख बजारमा आफ्नो दुईपांग्रे सवारीसाधनका लुब्रिकेन्ट बिक्री–वितरणका लागि नयाँ डिलर आह्वान गरेको छ ।
क्यास्ट्रोलको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका अनुसार पाँचखाल, मन्थली, चरिकोट, जिरी, धादिङबेसी, दमौली, बेँसीसहर, आबुखैरेनी र गोरखामा डिलर आवश्यक रहेको छ ।
सुदूरपश्चिम तथा मध्यपहाडी क्षेत्रअन्तर्गत डडेलधुरा, सुर्खेत, गुल्मी, स्याङ्जा, बागलुङ, बेनी र मुस्ताङका लागि पनि डिलर आह्वान गरिएको छ ।
पूर्वी नेपालतर्फ गाईघाट, ओखलढुंगा, भोजपुर, तेह्रथुम, धनकुटा, इलाम र फिदिममा समेत डिलर आवश्यक रहेको कम्पनीले जनाएको छ ।
डिलरका लागि अटो स्पेयर पार्ट्स वा लुब्रिकेन्ट व्यवसायमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, अटो स्पेयर पार्ट्स वा लुब्रिकेन्टको आफ्नै खुद्रा बिक्री केन्द्र (रिटेल आउटलेट) सञ्चालनमा रहेको तथा व्यवसाय सञ्चालनका लागि पर्याप्त आर्थिक क्षमता भएको हुनुपर्ने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...