सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा

सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा बेलिब्रिज हाल्ने काम सकिएको छ । योसँगै असोज दोस्रो साताको भारी वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको हो ।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् ।

१२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सो टोलीलाई सम्मान गरेका हुन् ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुननिर्माण पश्चात भारबहन क्षमता परीक्षण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा–नौबिसे सडक एक सातासम्म दैनिक ५ घण्टा बन्द रहने

नागढुङ्गा–नौबिसे सडक एक सातासम्म दैनिक ५ घण्टा बन्द रहने

काठमाडौँ–त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड...

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौँ – महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई...

नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

काठमाडौँ – १५ दिनसम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...