४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर लन्च, के–के छन् विशेषता ?

सिम्पल इनर्जीले आफ्नो जेन–२ इलेक्ट्रिक स्कूटर लन्च गरेको छ । तीन भेरियन्टमा उपलब्ध यस स्कुटले एकपटकको सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

उक्त रेन्ज ६.५ किलोवाट आवरको ब्याट्री प्याक भेरिएन्टबाट प्राप्त हुने आईडिसीले दाबी गरेको हो । स्कुरको मूल्य १ लाख ४९ हजार भारु निर्धारण गरिएको छ ।

११५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने यस स्कुटरले केवल २.७७ सेकेन्डमा ०–४० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ । साथै, यसको ४.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भेरिएन्टले २३६ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । स्कुटरमा ६.४ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

त्यसैगरी, ५ किलोवाट आवर ब्याट्री प्याक भेरिएन्टले २६५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा ८.८ किलोवाटको विद्युतीय मोटर प्रयोग गरिएको छ र यो ११५ किलोमिटर प्रति घन्टाको उच्च गतीमा गुड्न सक्छ ।

जेन २ मोडलमा कम्पनीले ७ इन्च टचस्क्रिनको साथ पुनः डिजाइन गरिएको ड्यासबोर्ड उपलब्ध गराएको छ, जसले फाइभ जी ई–सिम, ब्लुटुथ, नेभिगेसन र ओभर–द–एयर अपडेट मार्फत एलटिई कनेक्टिभिटीलाई सपोर्ट गर्दछ ।

यस स्कुटरमा ट्रयाक्सन कन्ट्रोल, क्रूज कन्ट्रोल, रिजेनेरिटिभ ब्रेकिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम र पार्क असिस्ट जस्ता अत्याधुनिक फिचर दिइएको छ । साथै यसमा, चार्जिङ पोर्ट, १ लिटर ग्लोभ बक्स र ३५ लिटर क्षमताको अन्डर सिट स्टोरेज उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हाईब्रिड पावरट्रेनमा आयो रेनोे राफेल, इलेक्ट्रिक रेन्ज ४८ देखी ६४ किलोमिटर सम्म

हाईब्रिड पावरट्रेनमा आयो रेनोे राफेल, इलेक्ट्रिक रेन्ज ४८ देखी ६४ किलोमिटर सम्म

फ्रेन्च अटो निर्माता रेनोले नयाँ फ्ल्यागसिप एसयूभी राफेल सार्वजनिक गरेको...

फोटोनका इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल आउने

फोटोनका इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल आउने

फोटोन मोटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु वृद्धि कमर्सियल भेइकल...

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...