सिद्धार्थ बैंकको क्युआर कोड प्रयोग गर्दा यामाहा स्कुटर उपहार पाइने

काठमाडौं – सिद्धार्थ बैंक स्मार्ट एपको प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा स्कूटर जित्न सकिने भएको छ । क्युआर कोडमार्फत हुने भुक्तानी प्रवद्र्धन गरिरहेको फोन पेको आयोजनामा सिद्धार्थ बैंकका ग्राहकले यस्तो मौका पाउने भएका हुन् ।

सिद्धार्थ बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्ट एप प्रयोग गरी क्युआर कोड मार्फत भुक्तानी गर्ने सबै ग्राहक यो उपहार योजनामा सहभागी हुनेछन् । जसमध्ये एक जना ग्राहक र एक जना पसल तथा व्यवसायीले बम्पर उपहारको रुपमा एक एक थान यामाहा रे जेडआर १२५ एफआई स्कुटर पाउनेछन् ।

यसैगरी मासिक उपहारको रुपमा एक जना ग्राहक र एक जना पसल तथा व्यवसायीले एक लाख रुपैयाँ नगद पाउने बताइएको छ ।

साथै साप्ताहिक उपहारको रुपमा दुई दुई जना ग्राहक तथा व्यवसायीले १० हजार नगद एवम् दैनिक उपहारमा पाँच जना ग्राहक र पाँच जना पसल तथा व्यवसायीले एक हजार रुपैयाँ नगद पाउनेछन् । उपहार योजनामा शर्तहरु लागु हुने फोनपेले स्पष्ट पारेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...