कान्ति राजमार्गको काम यस आवमा सकिने
काठमाडौँ -सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो...
पोखरा – पोखरा देखि काठमाडौं सम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन गरिरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले पोखरा देखि काठमाडौंको साँखुसम्म सेवा विस्तार गर्ने भएको छ ।
आगामी माघ १ देखि सो सेवा विस्तार गरिने प्रालिका सञ्चालक सज्जन अधिकारीले जानकारी दिए । सोफा सिटसहितको सुविधा सम्पन्न सो बसमा एसी तथा हिटरको सुविधा सहित यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाई लगायतको सुविधा पनि उपलब्ध छन् ।
१२ सय रुपैयाँ मात्र भाडादर तोकिएको सो ‘भीआईपी’ बसमा यात्रा गर्ने अवसर ग्राहकले प्राप्त गर्नेछन् । यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेको अधिकारीले बताए ।
पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले ईसेवा लगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।
सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । विशेष गरी पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन्न बस सञ्चलन गरिरहेको छ ।
काठमाडौँ -सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो...
काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब १३...
काठमाडाैँ – ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...