पोखरा देखि काठमाडौंको साँखु सम्म शुभ अधिकारीका सुविधा सम्पन्न बस चल्ने

पोखरा – पोखरा देखि काठमाडौं सम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन गरिरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले पोखरा देखि काठमाडौंको साँखुसम्म सेवा विस्तार गर्ने भएको छ ।

आगामी माघ १ देखि सो सेवा विस्तार गरिने प्रालिका सञ्चालक सज्जन अधिकारीले जानकारी दिए । सोफा सिटसहितको सुविधा सम्पन्न सो बसमा एसी तथा हिटरको सुविधा सहित यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाई लगायतको सुविधा पनि उपलब्ध छन् ।

१२ सय रुपैयाँ मात्र भाडादर तोकिएको सो ‘भीआईपी’ बसमा यात्रा गर्ने अवसर ग्राहकले प्राप्त गर्नेछन् । यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेको अधिकारीले बताए ।

पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले ईसेवा लगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।

सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । विशेष गरी पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन्न बस सञ्चलन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बाइक अचानक रोक्नु परेमा पहिले ब्रेक थिच्ने कि क्लच ?

बाइक अचानक रोक्नु परेमा पहिले ब्रेक थिच्ने कि क्लच ?

अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् ।...

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

दमौली (तनहुँ) – देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा...

लुम्बिनी र मुक्तिनाथलाई जोड्यो कालीगण्डकी करिडोरले, भारतीय पर्यटकका लागि बन्यो छोटो बाटो

लुम्बिनी र मुक्तिनाथलाई जोड्यो कालीगण्डकी करिडोरले, भारतीय पर्यटकका लागि बन्यो छोटो बाटो

बागलुङ – कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...