धादिङ र मन्थलीमा खुल्यो मोटरहेड मोटरसाइकलको सोरुम, मोटरसाइकल -याली समेत आयोजना

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरको छ । आज आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो ।

धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुमको रुपमा कार्य प्रारम्भ गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सोरुम शुभारम्भ कार्य सम्पन्न भयो ।

त्यसैगरी मन्थलीमा मोटरहेडको आधिकारिक सोरुमको रुपमा नु.बि. ट्रेडर्सको शुभारम्भ भएको छ । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष लगायतले सोरुम शुभारम्भ गरे ।

धादिङ र मन्थली दुवै स्थानमा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, वर्कसप तथा रिकन्डिसन व्यवसायी, सञ्चारकर्मी, बैंक एवं वित्तीय संस्थाका प्रतिनिधि र अन्य धेरैको सहभागिता रहेको कम्पनीको भनाइ छ । सो अवसरमा मन्थलीमा मोटरसाइकल -याली समेत आयोजना गरिएको थियो ।

मन्थली

यी दुवै स्थान पहाडी भुभागमा पर्ने भएकाले मोटरहेडका डर्ट र अन्य सेगमेन्टमा मोटरसाइकलहरुको राम्रो बिक्री हुने अपेक्षा गरिएको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

धादिङ

सोरुम शुभारम्भको अवसरमा सहभागीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै प्रत्येक मोटरसाइकल खरिदमा ३ दिनका लागि आकर्षक अफर प्रदान गरिने बताइएको छ । यस अनुसार एक्सचेन्ज गर्ने ग्राहकका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा थप १५ हजार सम्म मूल्यांकन गरिने छ भने नगद खरिदमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ । त्यसैगरी फाइनान्समा खरिद गर्दा ५ हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

पावर, पर्फमेन्स र भ्यालु फर मनीका लागि मोटरहेड मोटरसाइकल लोकप्रिय मानिन्छन् । पहाडी र तराई जस्ता सबै क्षेत्रका लागि उपयुक्त हुने मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर गरी सबै भर्सनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन भित्रिरहेको समयमा...

मोटरहेडका परिमार्जित दुई मोटरसाइकलप्रति ग्राहक आकर्षण : टेक्कन आर २५० र एमएच १५०

मोटरहेडका परिमार्जित दुई मोटरसाइकलप्रति ग्राहक आकर्षण : टेक्कन आर २५० र एमएच १५०

काठमाडौं – नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर...

निषेधाज्ञा पहिले १६ गते भित्र मोटरहेड बाइक बुकिङ गर्दा वा किन्दा थप ५ हजार छुट पाइने

निषेधाज्ञा पहिले १६ गते भित्र मोटरहेड बाइक बुकिङ गर्दा वा किन्दा थप ५ हजार छुट पाइने

काठमाडौं – नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...