धादिङ र मन्थलीमा खुल्यो मोटरहेड मोटरसाइकलको सोरुम, मोटरसाइकल -याली समेत आयोजना

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरको छ । आज आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो ।

धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुमको रुपमा कार्य प्रारम्भ गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सोरुम शुभारम्भ कार्य सम्पन्न भयो ।

त्यसैगरी मन्थलीमा मोटरहेडको आधिकारिक सोरुमको रुपमा नु.बि. ट्रेडर्सको शुभारम्भ भएको छ । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष लगायतले सोरुम शुभारम्भ गरे ।

धादिङ र मन्थली दुवै स्थानमा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, वर्कसप तथा रिकन्डिसन व्यवसायी, सञ्चारकर्मी, बैंक एवं वित्तीय संस्थाका प्रतिनिधि र अन्य धेरैको सहभागिता रहेको कम्पनीको भनाइ छ । सो अवसरमा मन्थलीमा मोटरसाइकल -याली समेत आयोजना गरिएको थियो ।

मन्थली

यी दुवै स्थान पहाडी भुभागमा पर्ने भएकाले मोटरहेडका डर्ट र अन्य सेगमेन्टमा मोटरसाइकलहरुको राम्रो बिक्री हुने अपेक्षा गरिएको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

धादिङ

सोरुम शुभारम्भको अवसरमा सहभागीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै प्रत्येक मोटरसाइकल खरिदमा ३ दिनका लागि आकर्षक अफर प्रदान गरिने बताइएको छ । यस अनुसार एक्सचेन्ज गर्ने ग्राहकका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा थप १५ हजार सम्म मूल्यांकन गरिने छ भने नगद खरिदमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ । त्यसैगरी फाइनान्समा खरिद गर्दा ५ हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

पावर, पर्फमेन्स र भ्यालु फर मनीका लागि मोटरहेड मोटरसाइकल लोकप्रिय मानिन्छन् । पहाडी र तराई जस्ता सबै क्षेत्रका लागि उपयुक्त हुने मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर गरी सबै भर्सनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

नेपाली बजारमा उपलब्ध २५० सीसीको डर्ट मोटरसाइकल मध्ये लोकप्रिय मोटरसाइकल...

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

काठमाडौं – नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ ।...

मोटरहेड  ‘पर्व खुशीको पर्व विश्वासको’ लक्की ड्र सार्वजनिक, तुलाधरले पाए १ लाख रुपैयाँ

मोटरहेड ‘पर्व खुशीको पर्व विश्वासको’ लक्की ड्र सार्वजनिक, तुलाधरले पाए १ लाख रुपैयाँ

काठमाडौं – मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...