नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...
चितवन – चितवको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा चलिरहेको चौथो नेपाल एग्री टेक इन्टरनेसनल एक्सपोमा अन्य प्रदर्शनीका अतिरिक्त नेपालमै बनेको शेर्पा सारथी टायर समेत प्रदर्शन गरिएको छ । ग्रीन टायर प्रालिले नेपालमै उत्पादन गरिएको शेर्पा सारथी टायर हाते ट्रयाक्टर देखि सबै ब्रान्डका ठूला टायरका लागि उपयोगी छन् ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईले सो टायर प्रदर्शनीको उद्घाटन गरे ।

शेर्पा ब्रान्डका टायर बिक्री–वितरण गरिरहेको डेल्टा डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक बिक्रम सिंघानियाका अनुसार नेपाली बजारमा उपलब्ध महिन्द्रा, स्वराज माज्दा, सोनालिका, जोन डियर, न्यु होल्यान्डलगायतका सबै ब्रान्डका ट्रयाक्टरमा यी टायर प्रयोग गर्न सकिन्छ ।
तीन वर्षअघि मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको जनाएको छ । आगामी वर्ष देखि ५ लाख थान टायर उत्पादन हुने जनाइएको छ ।
चौथो नेपाल एग्रीटेक इन्टरनेसनल एक्सपो आज प्रारम्भ भएको र आइतबार सम्म चल्ने छ ।
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...
काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो...
भारतको प्रतिष्ठित टायर निर्माता कम्पनी जेके टायरले ग्रेटर नोयडामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...