अब शेर्पा ब्रान्डको एग्रिकल्चर टायर नेपालमा, नेपाली टायर उद्योगको यस्तो छ अन्य योजना

निजी लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं. २०७३ सालमा स्थापित ‘ग्रिन टायर उद्योग प्रालिले ग्राहकको मागलाई ध्यानमा राखी शेर्पा ब्रान्डको एग्रिकल्चर टायर उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

उद्योगले आफ्नो एग्रिकल्च सेगमेन्ट अन्तर्गत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्रान्डका भूमि, सारथी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्न लागेको छ । उक्त मोडलहरु अन्तरगत सो कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।

यस कम्पनीका उत्पादित टायरहरुमा बढी ट्रेक्सन र ग्रिप रहेको छ साथै बढी एनएसडी पनि रहेको छ । उक्त उत्पादनहरुमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको बताइएको छ ।

कम्पनीले विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भरतामा योगदान पु¥याउँदै आएको छ । साथै, ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई यस उद्योगले पूर्ण रुपले आत्मसात गर्दै आएको छ भने उक्त अभियानले यस उद्योगको उद्देश्यलाई अझ बढी प्रष्ट्याउनुका साथै आफ्नो उद्देश्य प्राप्तिमा थप बल पु-याएको अवगत गराएको छ ।

स्थापनाकालमा टु ह्विलरबाट उत्पादन सुरु गरेको यस उद्योगले हालै टु र थ्री ह्विलर टायरको उत्पादन गर्दै आएको छ । ४० करोड लगानीमा स्थापित यस उद्योगको बार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको छ । यसले १०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यस कम्पनीले विगत देखि डेल्टा ब्राण्ड अन्तर्गत सबै खाले टु र थ्री ह्विलर टायर उत्पादन गर्दै आएको छ भने मेरो देश, मेरै उत्पादन नाराका साथ अगाडि बढेको छ । विदेशी टायरसँग प्रतिस्पर्धा गर्न सक्षम टायर ब्रान्डको पहिचान कायम गर्न सक्षम यो उद्योगले नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याउन थालेको बताएको छ । गुणस्तरलाई ध्यानमा राखी र नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबरहरु उत्पादन गर्न सकिने तालिम दिँदै आएको छ भने नेपालमा उत्पादित यस टायरका मोडलहरु विदेशी टायरका तुलनामा आकर्षक र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको जानकारी गराएको छ ।

दक्ष जनशक्ति नविनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडी बढेको यस कम्पनीले आफ्ना उत्पादनहरुको तौल, माइलेज, क्वालिटी, फिनिसिङ लगायत सबै कुरामा विशेष ध्यान दिएकोे जानकारी गराएको छ । कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरिङ वारेन्टी रहेको तथा यस कम्पनीले आईएसओ मापदण्ड अनुसार उत्पादन गरीएका छन् ।

ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु यस कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तीन महिनामा ट्रलीमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको बताएको छ । त्यसका साथै, आगामी दिनमा कमर्सियल हेभी इक्विपमेन्ट, ट्रक टायर लगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना रहेको जानकारी गराएको छ । नेपालमा टायरको उत्पादनको सम्भावना राम्रो छ, भबिष्य पनि सुन्दर छ, त्यसैले टायर उद्योगमा कम्पनीले भबिष्यमा लगानी बढाउने योजना समेत रहेको जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर वन्यो मिसेलिन

प्यासेन्जर कारमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर वन्यो मिसेलिन

विश्वप्रख्यात टायर व्रान्ड मिसेलिन प्यासेन्जर कार सेग्मेन्टमा ५ र...

जेके ओटीआर टायरको प्लान्ट भ्रमणमा नेपाली व्यवसायी

जेके ओटीआर टायरको प्लान्ट भ्रमणमा नेपाली व्यवसायी

काठमाडौं – नेपालमा जेके ओटीआर टायर बिक्रेताहरुले भारतको मैसोरमा अवस्थित...

मिशेलिनले पोलिमर टायर ल्याउने

मिशेलिनले पोलिमर टायर ल्याउने

फ्रेन्च टायर तथा मोबिलिटी कम्पनी मिशेलिन ग्रुप टायर उत्पादन प्रक्रियामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...