चांगन, सिएटिएल र हुवाएको संयुक्त साझेदारीमा वनेको नयाँ इलेक्ट्रिक कारको तस्विर वाहिरियो

चिनियाँ अटो निर्माता चांगनले निकट भविष्यमा लन्च हुन लागेको नयाँ इलेक्ट्रिक कार शेनलान एस७ को तस्विर वाहिर ल्याएको छ । यो नयाँ कारलाई चांगनले प्रख्यात व्याट्री निर्माता सिएटिएल र टेक्नोलोजी जायन्ट हुवाएसंगको संयुक्त साझेदारीमा निर्माण गरेको हो ।

यी तीन कम्पनीको साझेदारीमा यसअघि अवतार नामको छुट्टै प्रिमियम ब्रान्ड लन्च भइसकेको छ । शेनलानले हाल एसएल ०३ सेडान कार बिक्री गर्दै आइरहेको छ ।

सार्वजनिक भएको तस्विरमा यो एसयूभी एकदमै एरोडाइनामिक देखिएको छ । यसको लम्वाई ४७५०, चौडाई १९३०, उचाई १६२५ र ह्विलवेश २९०० एमएम रहेको छ । यो एसयूभी इभी र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक भेइकल(इआईभी) अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसमध्ये इभीको पावर २१८ अर्थात २५८ एचपी रहने अनुमान गरिएको छ भने इआरइभीमा २३८ एचपीको इलेक्ट्रिक मोटर र १.५ लिटर ग्यासोलिन इन्जिन उपलब्ध हुने जनाइएको छ । यसको पावरट्रेन, फिचर र रेन्जका वारेमा विस्तृत जानकारी भने वाहिर ल्याइएको छैन ।

सम्बन्धित समाचारहरू

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

एसयूभी स्पेसलिस्टका रुपमा परिचित अमेरिकन आइकनिक ब्रान्ड जीप र भारतीय...

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार

टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार

काठमाडौं- नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...