सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्य समायोजन, यस्तो छ नयाँ मूल्य सूची
काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
काठमाडौं– साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्षको विशेष अवसर पारेर ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ को घोषणा गरेको छ । कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम् अविस्मरणीय उत्सवको रुपमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
पुष १२ र १३ गते गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको दुई–दिने यस कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त हुने जनाइएको छ ।
कार्निभलमा तीन उल्लेखनीय अटोमोटिभ ब्रान्ड–लिप मोटर, सिट्रोन, र प्युजो प्रदर्शन गरिने कम्पनी भनाई छ । यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गर्दैछन् ।
कार्यक्रममा सहभागीहरूले आकर्षक अफरहरूको फाइदा लिन सक्नेछन भने आफ्नो पुरानो गाडीको लागि उत्कृष्ट मूल्याङ्कन र सहज फाइनान्सिङ सुविधाको उपयोग गरी आफ्नो सपनाको गाडी खरिद गर्न सक्नेछन् ।
सहभागीहरूलाई नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी भएर लिप मोटर, सिट्रोन र प्युजो गाडीको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको विशेषताहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ ।
काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...
फ्रेन्च अटो निर्माता सिट्रोनले ईसी–३ को नयाँ भेरिएन्टलाई भारतमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...