नेपाल भित्रिए इटालियन ब्रान्ड इनर्जिकाका प्रिमियम इलेक्ट्रिक मोटरसाइकल
काठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इनर्जिकाका इलेक्ट्रिक...
विश्वको प्रतिष्ठित डिजाइन हाउस सांघाई लन्च अटोमोटिभको पहिलो प्रिमियम एसयूभी एलईभी ०१ नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्स प्रालिले सो गाडी नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।
सांघाई लन्च अटोमोटिभले आफ्नो पहिलो राइट ह्यान्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रिमियम एसयूभी एलईभी ०१ नेपालमा उपलब्ध हुनेछ ।
वेबर ग्रुपले नेपाली बजारमा एलईभी ०१ को सुरुवात गर्दैछ, जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चाल्ने बताएको छ । यसबाट वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने छ र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ। यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको छ। ग्राहकको विश्वास प्राप्त गर्न बिक्री पछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुने कम्पनीको भनाइ छ ।
प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम र उचाई १६५५ एमएम रहेको छ । यसको ह्विलबेस २७६० एमएम छ । १९ इन्चको ह्विल रहेको एलईभी ०१ को ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
आगामी साउन महिनामा सो गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।
काठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इनर्जिकाका इलेक्ट्रिक...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाइड्रोजन गाडी चढ्ने तयारी...
रिभोल्ट मोटर्सका सबै इलेक्ट्रिक बाइकलाई राइडरको स्मार्टफोनबाटै भर्चुअल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...