निषेधाज्ञा पश्चात ४ स्थानमा मोटरहेडका थ्रीएस सेन्टर खुल्ने
काठमाडौं – जारी निषेधाज्ञा सकिए पश्चात देशभरका विभिन्न ४ स्थानमा मोटरहेड...
काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।
एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एन्ड ट्रेडले हाल मोटरसाइकल समेत बिक्री गरिरहेको छ, जुन नेपाली बजारमा प्रतिष्ठित बन्दै गएको छ ।
इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । युरोपका नर्वे, इंगल्यान्ड, फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, स्विट्जरल्यान्ड, पोल्यान्ड, चेक रिपब्लिक, स्लोभाकिया, साइप्रस, सर्विया र म्यासेडोनियामा यी मोटरसाइकल र स्कुटर राम्रो बिक्री हुन्छन् । त्यसैगरी पाकिस्तान, जर्जिया, जोर्डन, इरान, मोरक्को, अल्जेरिया, लिविया, इजिप्ट, फिलिपिन्स, कोरिया, अमेरिका, डोमिनिका, क्युबा, पेरु, चिली, अर्जेन्टिना र भारतमा समेत यी मोटरसाइकल र स्कुटर बिक्री हुँदै आएका छन् ।
इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोडलमा स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठूलो टायर जडान गरिएको छ । जुन स्कुटर कच्ची सडकमा पनि सजिलै गुडाउन सकिन्छ । एलेक्स टि नाइन हाइवे र लङड्राइभ गर्दा कम्फर्ट हुने कम्पनीले जनाएको छ ।
जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध भएका छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकटलमा इएफआई र एबिएस सिस्टम छ । रिलायविलिटी, युनिफर्मिटी र कम्फर्टका लागि ट्यारोको मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।
ड्यासबोर्ड टिएफटी, डबल डिस्क ब्रेक विथ एबिएस, ६ स्पिडको गियर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्विड कुल्ड ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्विड कुल्ड सिंगल सिलिण्डर छ ।
इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि विभिन्न देशका प्रतिष्ठित कम्पनीहरुको सहयोगमा तयार प्रिमियम मोटरसाइकल तथा स्कुटरमा सवार भइ फरक खालको स्टाइलिस अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
नक्साल शोरुममा गएर मोटरसाइकलको टेष्ट ड्राइभ तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा भित्रिएसँगै काठमाडौंसहित देशका मुख्य शहरमा डिलर बिस्तार गर्ने योजना कम्पनीले लिएको छ । नेपालमा ट्यारो मोटरसाइकल तथा स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।
काठमाडौं – जारी निषेधाज्ञा सकिए पश्चात देशभरका विभिन्न ४ स्थानमा मोटरहेड...
कठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो...
आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले २ सय सीसी बढी क्षमताका मोटरसाइकलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...