के हो सवारीको गति मापन गर्ने लिडार स्पिड गन ?
सवारी आवागमनलाई सहज, सुरक्षित एवं भरपर्दो बनाई सडकमा पैदलयात्रु, चालक तथा...
बाइकमा कति जना सम्म बस्न सक्छन् ? कहिले सोच्नु भएको छ ? नियम अनुसार २ जना बस्न पाउँछन् । यद्यपि नियम तोडेर ३ जनासम्म बस्न सकिन्छ । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा ७ जना बाइकमा बसेर अगाडि बढिरहेका छन् । यसरी बाइकमा १ पुरुष, २ महिला र ४ ठूला बालबालिका रहेका छन् ।
भारतको आईएएस अफिसर सुप्रिया साहुले सेयर गरेर भाइरल भएको उक्त भिडियोमा पहिला पुरुष मान्छे बस्छ । त्यसपछि उसले एउटी केटीलाई अगाडि राख्छ । एउटी महिलाले अर्की केटीलाई बाइकको इन्धन ट्याङ्कीमा बसाउँछिन् र एउटी महिला पछाडि बस्छिन् । अर्की महिलाले एउटी छोरीलाई आफ्नो काखमा राखिन् । अन्तमा, महिला अर्को बच्चालाई काखमा लिएर बाइकमा बस्छिन् ।
यो भिडियो भारतको गाजियाबादको एक सडक छेउको हो । यो भिडियो अगस्त महिनाको हो । सो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
सो भिडियो भाइरल भएपछि प्रहरीको पनि ध्यानाकर्षण भएको थियो । रिपोर्टका अनुसार भिडियोमा देखिएको बाइकको नम्बर यूपी–१४–सीएच–१४०९ हो । यद्यपि भिडियोमा बाइकको नम्बर प्लेट स्पष्ट देखिएको छैन । पछि प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै २४ हजार भारुको रसिद काटेको थियो ।
भारतमा नयाँ मोटर भेइकल ऐन अनुसार ४ वर्षभन्दा माथिका बालबालिकालाई तेस्रो सवारी मानिन्छ । यस्तो अवस्थामा बाइकमा अतिरिक्त १ जना, जो ४ वर्षभन्दा बढि उमेरको छ, बाइकमा राखेर ड्राइभ गरेमा रसिद काट्न सकिन्छ । सो नियम उल्लंघन गरेमा न्यूनतम १० हजार भारुको रसिद अर्थात चलान कटौती गर्न सकिन्छ ।
सवारी आवागमनलाई सहज, सुरक्षित एवं भरपर्दो बनाई सडकमा पैदलयात्रु, चालक तथा...
सडकमा पहेँलो र सेतो रङले लेनको विभाजन गरेको देख्नु भएकै होला । प्रायः यसको...
काठमाडाैं – काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...