७ वटा मोडलका नयाँ ईभी तयार पार्दै जीकर, २०२६ सम्म बजारमा आइसक्ने

चिनियाँ ईभी ब्राण्ड जीकरले सन् २०२६ सम्ममा थप ७ वटा मोडलका नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ । जीली अन्तर्गतको ब्राण्ड जीकरले उक्त समय अवधीमा ४ वटा नयाँ एसयूभी, २ वटा एमपिभी र एउटा वागन ल्याउने तयारी गरेको हो ।

कम्पनीले ल्याउने तयारी गरेको जीकर ००७ स्टेशन वागन यूरोपेली बजारकै लागि भनेर विशेष डिजाइनमा तयार हुनेछ । यी ७ नयाँ मोडलमध्ये एउटा एमपीभी र एसयूभी यसै वर्ष लन्च हुने जनाइएको छ । यसैगरी, २०२५ मा ००७ स्टेशन वागन सहित थप ३ वटा मोडल र २०२६ मा बाँकी २ वटा मोडल लन्च गरिने कम्पनीले जनाएको छ ।

जीकरले हाल एक्स मोडलको क्रसओभर, ००१ लिफ्टब्याक, ००७ सेडान र ००९ मिनी भ्यान उत्पादन गरी बिक्री गर्दै आएको छ । जसमध्ये एक्स मोडल निकट भविष्यम नेपाल बिजारमा समेत आउने तयारीमा छ । जीकरलाई नेपाली बजारमा बिक्री वितरण गर्नेगरी हालै पायोनियर मोटोकर्पले आधिकारिक वितरकको जिम्मेवारी पाएको छ ।

जीली मातहतको प्रिमियम ईभी ब्राण्ड जीकरले सन् २०२१ देखी गाडी उत्पादन सुरु गरेको हो । चीनमा निकै लोकप्रिय वनिरहेको यो ब्राण्डले यो वर्षको ५ महिनामा ६७ हजार ईभी बिक्री गरेको छ ।

सम्बन्धित समाचारहरू

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...

५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...