चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
गत फेब्रुअरी ५ मा प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसले सुपर फ्याक्ट्री निर्माण सम्पन्न गरेको थियो र अपरेसन शुरु भएको थियो । यही बिचमा एइटो एम९ को पहिलो ब्याच ग्राहकलाई डेलिभर गरियो ।
यसैकारण उक्त स्टेट–अफ–द–आर्ट सुपर फ्याक्ट्रीलाई एइटो एम९ को बर्थ प्लेस पनि भनिन्छ । कन्स्ट्रक्सन स्ट्यान्डर्डमा अब्बल भएको र इन्डष्ट्रियल इन्टरनेटका लागि आवश्यक सम्पूर्ण प्रविधि उपलब्ध भएको फ्याक्ट्रीको रुपमा कम्पनीले गर्व गर्दै आएको छ ।
एक हजार भन्दा बढी इन्टेलिजेन्ट डिभाइस र तीन हजार भन्दा बढी रोबोटले संयुक्त रुपमा कार्य गर्दै आएको सो फ्याक्ट्रीको सम्पूर्ण प्रक्रिया स्वचालित छ । यहाँ वार्षिक रुपमा सात लाख युनिट भन्दा बढी कार उत्पादन गर्न सक्ने क्षमता छ । विश्वकै प्रमुख मानिने ९०००टी डाई–कास्टिङ मेसिन प्रयोग गरेर डाई–कास्टिङ कम्पोनेन्टमा उच्च स्तरको इन्टिग्रेसन गरिएको छ ।
सेरेस र टेक्नोलोजी जायन्ट हुवावेद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो एम९ लाई हाई–एन्ड न्यु इनर्जी एसयूभी भनिएको छ । सन् २०२३ को डिसेम्बरमा लन्च भएको सो इलेक्ट्रिक एसयूभीका लागि ४० हजार भन्दा बढी फिक्स्ड अर्डर आइसकेको छ ।

भर्सटाइल स्पेस, स्मार्ट ककपिट, एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र कटिङ–एज सेफ्टी फिचर उपलब्ध भएको सो गाडीमा हुवावेको हार्मोनी ओएस ४ सिस्टम प्रयोग गरिएको छ ।
ककपिटको इन्टेलिजेन्ट एक्सपेरियन्स गर्नका लागि यसमा भएका मल्टी स्क्रिन र मल्टी डिभाइसले धेरै सहयोग पु¥याउछन्, जहाँ मल्टी युजरले यस्ता अनुभव एकै पटक गर्न सक्छन् । त्यसैगरी यसमा प्रयोग भएको हुवावे एडीएस २.० एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमले ड्राइभिङ एक्सपेरियन्स पनि उच्च स्तरको बनाउछ ।

चीनका २२० सहरमा रहेका सात सय भन्दा बढी एक्सपेरियन्स सेन्टर र दुई सय भन्दा बढी युजर सेन्टरलाई आगामी दिनमा अझै बढाउने कम्पनीको योजना छ ।
हुवावे र सेरेस ब्रान्डले संयुक्त रुपमा एइटो ब्रान्ड सन् २०२१ डिसेम्बरमा स्थापना गरेका थिए । हाल एइटोले एम५, एम७ र एम९ मोडल उत्पादन गर्दै आएको छ । यस अन्तर्गत रेन्ज एक्सटेन्डर हाइब्रिड र प्योर इलेक्ट्रिक भर्सनमा सवारी साधन उपलब्ध छन् ।
नेपालमा पनि हाल एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यसका आधारमा भविष्यमा एइटो एम९ पनि नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
स्वीडिस कम्पनी हस्कभर्नाले नयाँ इलेक्ट्रिक स्कुटर हस्कभर्ना भेक्टरको...
काठमाडौं– चिनियाँ ईभी निर्माता एक्सपेङले आफ्नो लोकप्रिय बिद्युतिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...