चीनका टप १० ब्रान्डमध्ये अधिकांश ब्रान्डको नेपालमा कारोबार, बन्दै चाइनिज गाडी हब
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
ललितपुर– नेपाली अटो बजारमा चर्चा कमाउँदै गरेको नयाँ ईभी ब्राँन्ड सेरेसले ललितपुरको थासिखेलमा आफ्नो दोस्रो अत्याधुनिक शोरुम विस्तार गरेको छ ।
सो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेर नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले यसअघि पानीपोखरीमा पहिलो शोरुम खोलेको थियो ।
शोरुम उद्घाटन कार्यक्रममा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु, सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी र निर्देशक यशोदा लक्ष्मी आचार्य लगायतले उपस्थिती जनाएका थिए ।
नयाँ शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने विश्वास कम्पनीले लिएको छ ।

नेपालमा सेरेसको सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडल उपलब्ध छन् । जसअन्तर्गत सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ भने मिनी ईभी लो ट्रिम, मिड ट्रिम र टप ट्रिम गरी तीतवटा भेरिएन्टमा उपलब्ध छ ।
एमएडब्लु बृद्धि अटोकर्पले सेरेस ३ को मूल्य ४९ लाख ९९ हजार र ५२ ९९ हजार निर्धारण गरेको छ भने मिनी ईभीको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार निर्धारण गरेको छ ।
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...
ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...