ओमोडा कार विजेता ऐरीलाई हस्तान्तरण गरिएको कारको कर समेत कम्पनीले व्यहोर्ने
काठमाडौं – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं– एमएडब्लु बृद्धी अटोकर्पले सेरेस–३ को औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा लन्च भएको सेरेस–३ लाई कम्पनीले मंगलबारदेखी डेलिभरी दिन थालेको हो । सो नयाँ इलेक्ट्रिक कारले बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस–३ ले दिगो यातायातको क्षेत्रमा महत्वपूर्ण छलाङ प्रदान गरेको छ ।
सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ ।
नेपालमा सेरेसले सेरेस–३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराए को छ । जसमध्ये सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्ट मा उपलब्ध छ भने मिनी ईभी तीनवटा भेरिएन्टमा बिक्री हुँदै आएको छ ।
सेरेस–३ कम्पफर्टको मुल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार निर्धारण गरिएको छ भने मिनी ईभीको लो ट्रिमलाई १३ लाख ९९ हजार, मिड ट्रिमको १६ लाख ४९ हजार र टप ट्रिमको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं – टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा...
पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...