सेमी कन्डक्टर के हो ? सेमी कन्डक्टर कुन कुन क्षेत्रमा प्रयोग गरिन्छ, जान्नुहोस् ।

सेमी कन्डक्टरको प्रयोग हरेक क्षेत्रमा गरिन्छ । यसको प्रयोग स्मार्टफोन देखि हवाइजहाजसम्मका सबै टेक्नोलोजीमा प्रयोग गरिन्छ । यसको कमीले हाम्रो दैनिक जीवनमा धेरै असर पार्न सक्छ ।

सेमी कन्डक्टर चिप्स हुनु भन्दा पहिला कम्प्युटर ट्युब र डायलबाट बनेका ठूला मेसिनहरू थिए । यसको खपत पनि उच्च थियो । सेमीकन्डक्टर चिप्सले ट्युबलाई परिवर्तन गर्नुका साथै मेसिनहरू तीव्र गतिमा सस्तो र अधिक कुशलतापूर्वक व्यवस्थित बनायो । यसको डिजाइन र सानो आकारको कारण यो स्मार्टफोन र कम्प्युटरमा प्रयोग गरिन्छ ।

सवारी साधनका लागि त झन् सेमी कन्डक्टर एकदमै अत्यावश्यक छ । कोभिड–१९ को समयमा यसको समेत अभाव भएकाले विश्वभर सवारी उत्पादनमा समेत असर पुगेको थियो ।

कम्प्युटर
कम्प्युटरको माइक्रोप्रोसेसर, मेमोरी र ग्राफिक्स प्रोसेसिङ युनिटमा सेमी कन्डक्टरको प्रयोग गरिन्छ, जसले कम्प्युटरलाई सहज रूपमा चलाउन मद्दत गर्छ ।

टेलिकम्युनिकेसन्स
टेलिकम्युनिकेसन्सका लागि पनि सेमी कन्डक्टरको प्रयोग गरिन्छ । यसले नेटवर्क र स्मार्टफोनको सहज कार्यमा मद्दत गर्छ । स्मार्टफोनको सेमी कन्डक्टर चिप्सले परफर्मेन्स, नेभिगेसन, ब्याट्रीको प्रयोग, नेटवर्कका साथै अन्य कार्यलाई नियन्त्रण गर्छ ।

घरायसी उपकरण
घर र कार्यालयको फ्रिज, माइक्रोवेभ, वाशिङ मेसिन, एयर कन्डिसनर र अन्य मेसिनमा सेमी कन्डक्टरको प्रयोग गरिन्छ । सो चिप्सले तापमान, टाइमर, अटोमेटिक फिचरलाई कन्ट्रोल गर्छ ।

बैंकिङ
बैंकको एटीएम, सेक्युरिटी क्यामेरा र अटोमेटिक लकिङ मेकानिजमका लागि पनि सेमी कन्डक्टर चाहिन्छ । सेमी कन्डक्टर चिपले बैंकमा पैसा र व्यक्तिगत जानकारी सुरक्षित राख्न मद्दत गर्छ ।

हेल्थकेयर
सेमी कन्डक्टरको प्रयोग सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा गरिन्छ । चिकित्सा क्षेत्रमा एड्भान्स टेक्नोलोजीको प्रयोग भइरहेको छ । यहाँ प्रयोग हुने टेक्नोलोजी पनि सेमी कन्डक्टर चिप बिना ठीकसँग ह्यान्डल गर्न सक्दैन ।

यातायात
कार, बस, रेल र हवाइजहाजमा पनि सेमी कन्डक्टरको प्रयोग गरिन्छ । सेमी कन्डक्टरको मद्दतले जीपीएस र वाईफाईमा सुचनाहरु सुन्न सकिन्छ । सेमी कन्डक्टरले सुपर–कुशल ककपिट एभियोनिक्स, इन्जिन नियन्त्रण सिस्टम र पावर कन्भर्सनमा मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

बैद्य इनर्जीले पोखरामा खोल्यो एथर इलेक्ट्रिकको शोरुम, अटो वेज बन्यो डिलर

बैद्य इनर्जीले पोखरामा खोल्यो एथर इलेक्ट्रिकको शोरुम, अटो वेज बन्यो डिलर

पोखरा – नेपालका लागि एथर इलेक्ट्रिकको आधिकारिक वितरक वैद्य इनर्जीले...

स्विस इलन मस्कले ल्याए बबल कार : १९६० तिर चलेको डिजाइन अब आउदै छ इलेक्ट्रिक भर्सनमा

स्विस इलन मस्कले ल्याए बबल कार : १९६० तिर चलेको डिजाइन अब आउदै छ इलेक्ट्रिक भर्सनमा

सन् १९६० तिर चलेको बबल कारको उत्पादन फेरि प्रारम्भ भएको छ । यस पटक सो...

चर्चित कलाकार हरिवंश आचार्य अब बीवाईडी एट्टो ३ मा

चर्चित कलाकार हरिवंश आचार्य अब बीवाईडी एट्टो ३ मा

चर्चित कलाकार हरिबंश आचार्यले बीवाईडी एट्टो ३ इलेक्ट्रिक कार किनेका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...