यसकारण सार्वजनिक भएन नेपालमै लोकप्रिय महिन्द्रा ईटुओको नयाँ मूल्य सूची
काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची...
नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ती मध्ये सेगवे नाइनबट एक हो । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले विभिन्न चार मोडलका स्मार्ट इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराइरहेको छ ।
अमेरिकी ब्रान्ड सेगवे नाइनबटको नेपाली बजारमा उपलब्ध सबैभन्दा रुचाइएको मोडल ई१०० र एन१०० हुन् ।
ई१०० सिंगल र डबल ब्याट्री अप्सनमा उपलब्ध छ । सिंगल ब्याट्री भएको स्कुटरको मूल्य २ लाख ९१ हजार र डबल ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ७० हजार रुपैयाँ छ ।
चालक बसे पछि र स्ट्यान्ड उठाए पछि मात्र यो स्कुटर स्टार्ट हुन्छ । यसमा किलेस सिस्टम र रिमोट कन्ट्रोल सिस्टम छ । त्यसैगरी २२ लिटर क्षमताको स्टोरेज छ ।
स्कुटरमा ६ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रुपमा मौसमअनुसार प्रकाश उपलब्ध गराउछ ।
स्कुटरमा मोबाइल चाजिङ स्लट र ३ वटा ड्राइभिङ मोड रहेको छ । नर्मल चार्जबाट फुलचार्ज हुन करिब ७ घण्टा लाग्छ। ड्युअल ब्याट्री मोडमा चलाउदा फुल चार्जमा २ सय किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । यसमा लिथियम आयोनयुक्त पानी प्रतिरोधी ब्याट्री रहेको छ ।
त्यसैगरी अर्को मोडल एन१०० हो । यसको मूल्य २ लाख ६० हजार रुपैयाँ छ । सेगवे नाइनबटको एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ किमी सम्मको यात्रा गर्न सकिन्छ ।

यो ई–स्कुटरमा एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट टेक्नोलोजी प्रयोग गर्न सकिने सुविधा छ । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरुको अलावा यो आकारमा ठूलो छ र सिट मुनि पर्याप्त ठाउँ छ । समग्रमा, सेगवे नाइनबट एन१०० एक सुविधाजनक ईलेक्ट्रिक स्कुटर हो जुन शहरी छोटो यात्राको लागि उपयुक्त छ ।
एन१०० ले कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एप सहित अत्याधुनिक प्रविधि पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ । एपले प्रकाश, गति र पावर सेटिङहरु सहित अनुकूलन विकल्पहरुको पहुँच प्रदान गर्दछ ।
सेगवे नाइनबट एन१०० ईलेक्ट्रिक स्कुटरमा उत्कृष्ट विशेषताहरु छ जसले यात्रालाई सुविधाजनक र सुरक्षित बनाउँदछ । यो स्कुटरमा नाइनबट एयरलक, अटो सेन्सर, सिटको लागि इलेक्ट्रिक लक, ओभर द एयर, रिमोट अन र अफका साथै ब्ल्याक बक्स एसओएसका साथै क्रुज कन्ट्रोल र बीएमएस जस्ता सुविधा उपलब्ध छन् ।
त्यसैगरी सेगवे ई८०सी अर्को स्कुटर हो । यसमा १२ सय वाटको बोस मोटर छ, जसले ९० किलोमिटरको रेन्ज दिने बताइएको छ । एन्टी लक ब्रेकिङ सिस्टम, जीपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विभिन्न विशेषता भएको यो स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची...
काठमाडौँ – विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज...
काठमाडौं – इलेक्ट्रिक सवारी साधन अर्थात ईभी मर्मतका लागि काठमाडौं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...