सेगवेको मनसुन अफर : १५ हजार छुटका साथ थप सुविधा उपलब्ध हुने

काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब प्रालिले मनसुन अफर ल्याएको छ । यस अन्तर्गत कुनै पनि मोडलको इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार सम्मको नगद छुटका साथै रेनकोट, स्कुटर कभर, हेल्मेट र एक वर्षको सडक दस्तुर छुट सहितको फ्रि मर्चेन्डाइज लगायतका सुविधा उपलब्ध हुनेछ ।

यो अफर असार १५ देखि शुरु भएको हो र आगामी साउन १५ सम्म लागू हुनेछ ।

नेपाली बजारमा सेगवेका ई१००, ई११०एल, ई१२५ र एन१०० गरी विभिन्न ४ फरक मोडल उपलब्ध छन् । यी स्कुटर ब्लु, रेड, ब्ल्याक, ह्वाइट र सिल्भर गरी विभिन्न ५ फरक कलरमा उपलब्ध छन् ।

सेगवेका इलेक्ट्रिक स्कुटरमा रिभर्स मोड, जीपीएस ट्रयाकिङ, क्रुज कन्ट्रोल, सिट सेन्सर र एन्टी–थेफ्ट अलार्म लगायतका विभिन्न अत्याधुनिक फिचर उपलब्ध छन् ।

त्यसैगरी यी स्कुटरमा २२ देखि २७ लिटर सम्मको बुट स्पेस उपलब्ध छ, जहाँ ग्राहकले फुल साइज हेल्मेट लगायतका सामान राख्न सक्छन् । यसैगरी डबल ब्याट्री अप्सनमा यी स्कुटर उपलब्ध छन् ।

सेगवेले ब्याट्री रेन्टल, ब्याट्री स्वाइप, अनरोड असिस्टेन्स आदि थप सुविधा समेत उपलब्ध गराइरहेको छ । त्यसैगरी रेन्ज एन्जाइटी हटाउनका लागि उपत्यकाका विभिन्न स्थानमा फास्ट चार्जिङ स्टेसन समेत स्थापना गर्ने योजना भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीको ईभी र्याली सम्पन्न, वातावरणीय दिगोपनलाई जोड

मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीको ईभी र्याली सम्पन्न, वातावरणीय दिगोपनलाई जोड

काठमाडौं–मिसेस नेपाल वल्र्ड–२०२४ प्रतियोगिताको शिलशिलामा विशेष...

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

काठमाडौँ- पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग र आपूर्ति बढ्दै गएको छ...

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...