चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता
काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ ।
शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे ई–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्ने बताएको छ । पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ । यस पहलले वातावरणलाई पनि फाइदा पु¥याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।
बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् । यो शोरुम थ्रीएस सुविधा सम्पन्न रहेको छ । बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
नयाँ शोरुममा सेगवेका लोकप्रिय इलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–राइड गर्न सक्ने छन् ।
नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५ र ई–११०एलले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व भएको बताएको छ । केही दिन पहिले सेगवले नेपालमा एन–श्रृङ्खला अन्तर्गतको एन१०० सार्वजनिक गरेको छ । सेगवे नाइनबटको एन१०० ७२–भोल्ट इलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडीगो (RideyGo) जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ । यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ ।
काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – पहिलेको सरकारले ल्याएको विद्युतीय बस खरिद गर्ने र...
विश्वका टप १० सबैभन्दा बढी ‘फ्युचर रेडी’ अर्थात भविष्यका लागि तयार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...