यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक
भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...
सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ ।
शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे ई–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्ने बताएको छ । पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ । यस पहलले वातावरणलाई पनि फाइदा पु¥याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।
बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् । यो शोरुम थ्रीएस सुविधा सम्पन्न रहेको छ । बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
नयाँ शोरुममा सेगवेका लोकप्रिय इलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–राइड गर्न सक्ने छन् ।
नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५ र ई–११०एलले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व भएको बताएको छ । केही दिन पहिले सेगवले नेपालमा एन–श्रृङ्खला अन्तर्गतको एन१०० सार्वजनिक गरेको छ । सेगवे नाइनबटको एन१०० ७२–भोल्ट इलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडीगो (RideyGo) जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ । यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ ।
भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...
गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको...
काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...