स्मार्ट लुब्रिकेन्ट्स अझ स्मार्ट बन्दै, दोस्रो डिलर सम्मेलन सम्पन्न

गौरादह - झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो उत्पादनको दोस्रो वर्षको डिलर सम्मेलन पोखरामा सम्पन्न गरेको छ । गत वर्ष पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न गरेको यस कम्पनीले यो वर्ष डिलर सम्मेलन भाद्र १४–१६ सम्म पोखरामा सम्पन्न गरेको छ ।

विगत १५ वर्षदेखि लुब्रिकेन्ट्स व्यवसाय गर्दै आएका मूख्य लगानीकर्ताहरु दाजुभाइ मोहन बराइली र सुरज बराइलीले अन्य व्यवसायीहरुलाई समेत समाबेश गर्दै  यो उद्योग सञ्चालनमा ल्याएका हुन् ।  झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स ब्राण्डमा अलग छाप पार्न सफल भएको छ ।

उक्त कार्यक्रममा कोशी अञ्चलका आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजका सञ्चालक अनिस लकान्द्री सर्वोकृष्ट डिलर घोषित भएका थिए ।

यस उद्योगले विशेषगरी ग्रीज, इञ्जिन आयल, हाईड्रोलिक र गियर आयल सहित करिब ४० देखि ४५ प्रकारका लुब्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचीदेखि महाकालीसम्म आक्रामक ढङ्गले आफ्नो नेटवर्क बिस्तार गरिरहेको छ । पहिलो सम्मेलन निकै नै सफल र फलदायी तवरले सम्पन्न गरेको यस कम्पनीले दोस्रो डिलर सम्मेलन पनि सफल र उत्साहजनक भएको कम्पनीको दाबी छ। 

स्मार्ट लुब्रिकेन्ट्स प्रा.लि.ले उत्पादनको पहिलो वर्षमै गुणस्तरीय उत्पादन  ग्राहकहरूमा बितरण गरेको दाबी गर्दै हाल देशैभरिबाट आफ्नो उत्पादनको माग  बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन बराइलीले बताए । आगामी दिनहरूमा पनि यस कम्पनीले उत्पादन, परिणाम र गुणस्तरमा अझै राम्रो योजना बनाउँदै अघि बढ्ने प्रबन्ध निर्देशक बराइलीले स्पष्ट पारे ।

स्वदेशमै गुणस्तरीय लुब्रिकेन्ट्स उत्पादन गरी रोजगारी समेत सिर्जना गरिरहेको समार्ट लुब्रिकेन्ट्सले नेपाललाई लुव्रिकेन्ट्स उत्पादनमा आत्मनिर्भर बनाउनु कम्पनीको मुख्य लक्ष्य रहेको कार्यकारी निर्देशक सुरज बराइलीको भनाई छ । स्मार्ट लुब्रिकेन्टसले ग्रीजको हकमा क्याल्सियम र च्यासिस ग्रीजले हाल आयातीत भईरहेका ग्रीजलाई समेत विस्थापित गर्न सक्ने किसिमको ग्रीज उत्पादन भई त्यही अनुरूप बजार बिस्तारमा कम्पनी लागि पर्दै क्याल्सियम र च्यासिस ग्रीजमा नेपाललाई आत्मनिर्भर बनाउने सकिने र निकट भविष्यमा इञ्जिन आयलमा पनि पूर्णरूपमा  नेपाललाई आत्मनिर्भर बनाउन सकिने कम्पनीका निर्देशक बराइलीको भनाई रहेको छ। 

कार्यक्रममा प्रमुख अतिथि तथा जय अम्बे ट्रेड कन्सर्न प्रालिका सञ्चालक साथै नाडा प्रदेश नम्बर २ का पूर्व अध्यक्ष सन्तोष शाहले नेपालमै उत्पादन गरी अन्तर्राष्ट्रिय गुणस्तर र उत्पादनसँग प्रतिस्पर्धा गर्दै स्थापनाको २ वर्षमै आक्रामक व्यापार गर्न सफल भएको बताए ।

साथै विशेष अतिथि विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले गुणस्तरमा सम्झौता नगर्न कम्पनीलाई आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने समेत बताए ।

स्मार्ट लुब्रिकेन्ट्सका अध्यक्ष रूपनारायण बराइलीले कम्पनीको कामप्रति आफूलाई चित बुझेको र भावी दिनमा अझै प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य कम्पनीका सञ्चालक विष्णु शंकर र  कार्यक्रमको सञ्चालन कम्पनीका सञ्चालक त्रिलोचन लाम्गादे लामिछानेले गरेका थिए ।

कम्पनीले कार्यक्रम पश्चात् सम्पूर्ण डिलर तथा शेयरहल्डरहरुलाई तालबराही मन्दिर, पुम्दीकोट महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, शान्ति स्तूपा, विश्वकर्मा संग्रहालय र विन्दवासीनी देवीको दर्शन गराएको थियो ।

सम्बन्धित समाचारहरू

कति प्रकारका छन् इन्जिन आयल, कुन छ उत्तम ?

कति प्रकारका छन् इन्जिन आयल, कुन छ उत्तम ?

इन्जिन आयल कुनै पनि गाडीको लागि अति महत्वपुर्ण आयल हो । यसको काम इन्जिनलाई...

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न

नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...

सर्बोले ल्यायो स्कुटरका लागी छुट्टै इन्जिन आयल स्कुटोमेटिक ४एसटी

सर्बोले ल्यायो स्कुटरका लागी छुट्टै इन्जिन आयल स्कुटोमेटिक ४एसटी

सर्बो लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...