इरान युद्धको प्रभाव: एसिया र अफ्रिकामा विद्युतीय सवारीको तीव्र विस्तार
इरान युद्धपछि पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भएको उल्लेखनीय वृद्धिले...
हाल विश्वमा सडक प्रयोगकर्ताहरुका लागि गुगल म्याप निकै नै लोकप्रिय छ । नेपाली सडकमा पनि यसको प्रयोग बढ्दो छ । एक स्थानबाट अर्को स्थानमा जानका लागि धेरैले गुगल म्यापको प्रयोग गर्ने प्रचलन बढ्दो छ ।
गुगल म्यापको बढ्दो बर्चस्वलाई रोक्नका लागि मेटा, माइक्रोसफ्ट र अमेजन वेब सर्भिस जस्ता विश्वका प्रख्यात टेक कम्पनीहरुले सहकार्य गर्ने घोषणा गरेको गिजमोडोले बताएको छ । यसका लागि डच जियोलोकेसन कम्पनी टोमटोमलाई अगाडि ल्याउने कि भन्ने वारेमा समेत चर्चा चलेको बताइएको छ ।
यसका लागि लिनक्स फाउन्डेसनले लगातार कार्य गरिरहेको छ । यसका लागि विश्वका विभिन्न स्थानको नक्सा र अन्य प्राविधिक तथ्य बटुल्ने कार्य भइरहेको बताइन्छ । फाउन्डेसनले आफ्नो अर्को प्रोजेक्टको रुपमा ‘ओभरचर म्याप्स’ उपलब्ध गराउने बताइएको छ ।
ओभरचर म्याप्स वास्तवमा टुडी वर्ल्ड म्यापिङमा सीमित भए पनि यसले माइक्रोसफ्ट र मेटालाई म्याप्स मार्केटको अर्को चरणमा प्रवेश गराउने अनुमान गरिएको छ ।
हाल माइक्रोसफ्टको बिङ म्याप्स भए पनि धेरै प्रयोगमा नआउने भएकाले परिचित छैन । त्यसैगरी मेटासँग म्यापिलरी भनिने स्ट्रिट भ्यु कम्पनी छ । अमेजनले यो क्षेत्रमा कस्तो कार्य गरिरहेको छ भन्ने अलि क्लियर छैन ।
गुगल म्याप्स प्रतिबन्ध भएका स्थानमा डच कम्पनी टोमटोमले कार्य गरिरहेको छ । यो अवस्थामा गुगल म्याप्स भने विश्वमै सबैभन्दा धेरै प्रयोग भइरहेको छ ।
सन् २००५ मा लन्च गरिएको गुगल म्याप्स अहिले वेब म्यापिङ र रुट प्लानिङका लागि विश्वमै धेरैले रुचाउने गर्छन् । अन्य धेरै कम्पनीहरुले समय समयमा गुगल म्याप्ससँग प्रतिस्पर्धा गर्न प्रयास गरे पनि सफल भएका छैनन् । शतप्रतिशत सही नभए पनि यो नै रुचिकर छ ।
यो अवस्थामा नयाँ कम्पनीहरुले केही गर्लान् त ? हेरौ, समयले देखाउने नै छ ।
इरान युद्धपछि पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भएको उल्लेखनीय वृद्धिले...
सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ...
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड ‘एलएस अटो’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...