आजदेखी टाटा कारको ‘केयर क्याम्प’ शुरु, यी स्थानमा गराउन सकिन्छ छुटसहित सर्भिसिङ
टाटा प्यासेन्जर कारको केयर क्याम्प आजदेखी शुरु भएको छ । ३ दिनसम्म जारी रहने...
काठमाडौं - लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन भएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सो पुस्तक विमोचन गरेका हुन्। सरदार प्रितम सिंहलाई नेपालमा यातायात क्षेत्रको व्यक्तिहरुमध्ये अग्रणी मानिन्छ। सो पुस्तक नेपालको सडक र यातायातको क्षेत्रमा उनले पु¥याएको योगदान र उनको जीवनीमा आधारित छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार सिंहको रुचि यातायात, सामाजिक सेवा र शिक्षाको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि भएको बताए। उनले आफूलाई प्रधानमन्त्री बनाउनका लागि पनि सरदार सिंहले दिल्ली र नेपालमा राजनीतिक दौडधुप गरेको पनि स्मरण गरे।
प्रधानमन्त्री दाहालले सो पुस्तकले नेपालको विकासमा सघाउन र नेपाल–भारत सम्बन्ध अझ बलियो र फराकिलो बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे।
सन् १९५७ तिरको कुरा । पटनाबाट किस्तीमा गाडी जोडेर ल्याएको उनी सम्झिन्छन् । पटनाबाट ४ दिन र वीरगन्जबाट २ दिन लगाएर काठमाडौं आएको सम्झिदा उनी अहिले पनि भावुक हुन्छन् । खासमा पाइलट कोर्स पुरा गरेका प्रितम सिंहको भाग्यमा भने ट्रक व्यवसायी बन्ने लेखिएको रहेछ । यति मात्र होइन, जन्मभूमि छोडेर नेपाललाई कर्मभूमि बनाउने पनि उनको भाग्यमा लेखिएको थियो । यसैले त उनी नेपालमै आफ्नो व्यावसायिक कार्यको साथै समाजसेवामा पनि रमाए । ८७ वर्षिय प्रितम सिंह अझै पनि सामाजिक कार्यमा समेत संलग्न छन् ।
उनका बुवा सरदार काहान सिंह पनि भारतको जम्मु कश्मीरमा पहिलो गाडी चलाउनेमा पर्छन् । उनको बुवाको जम्मु काश्मीरमा एउटा ठूलै ट्रान्सपोर्ट कम्पनी थियो । त्यसैकारण उनले काठमाडौंमा पहिलो पटक टाटाको तीनवटा ठूला ट्रक भित्र्याएका थिए ।
टाटा प्यासेन्जर कारको केयर क्याम्प आजदेखी शुरु भएको छ । ३ दिनसम्म जारी रहने...
टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी...
टाटा मोटर्सले पुणे स्थित प्रोडक्शन प्लान्टमा नयाँ सफारी एसयूभीको १० औं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...