सोनी र होन्डाको इलेक्ट्रिक कार अफिला तयार, कहिले आउँछ बजारमा ?
सोनी र होन्डाको संयुक्त समन्वयमा सोनी होन्डा मोबिलिटीले लास भेगासमा...
विश्वको सवैभन्दा ठूलो मध्ये एक मानिने सांघाई अटो एक्सपो दुई दिनपछि शुरु हुँदैछ । चीनको सांघाई सहरमा मंगलबारदेखी शुरु हुन लागेको एक्सपो कोभिड नियन्त्रणमा आएसंगै पहिलोपटक अयोजना हुन लागेको हो । ४ वर्षपछि चीनमा आयोजना हुन लागेको सवैभन्दा ठूलो इभेन्टलाई अवलोकन गर्न विश्वभरका अटो पारखी सांघाई पुग्ने अनुमान गरिएको छ ।
विश्वको सवैभन्दा ठूलो अटो हवका रुपमा स्थापित चीनले पछिल्लो समय ग्रिन इनर्जी भेइकलको क्षेत्रमा सवैभन्दा वढी सफलता हात पार्दै गएको छ । इलेक्ट्रिक भेइकलको उत्पादन गरी विश्व बजारमा आफ्नो अधिपत्य जमाउन चीनका इभी निर्माताहरु सफल वनिरहेका छन् । सो सन्दर्भमा यसपटक सांघाईमा आयोजना हुने एक्सपो इभीमय हुने निश्चित प्राय वनेको छ ।
एक्सपोमा चीन सहित विश्वका स्थापित ठूला अटोमोवाइल व्रान्ड र स्टार्टअप कम्पनीका नयाँ उत्पादनलाई पहिलोपटक प्रदर्शनीमा राखिने भएको छ । कतिपय नयाँ इलेक्ट्रिक कार एक्सपो मार्फत नै सार्वजनिक गरिने समेत तयारी भइरहेको छ ।
फक्सवागनले पहिलोपटक बजारमा आउने तयारी भइरहेको आइडी७ लाई एक्सपोमा राख्ने भएको छ । सिंगल चार्जमा ४३५ माइल रेन्ज दिने यो नयाँ इलेक्ट्रिक कारले टेस्ला मोडल३ संग प्रतिस्पधा गर्ने जनाइएको छ । यो कारको मूल्य ५० हजार पाउन्ड पर्ने अनुमान गरिएको छ ।
चीनको सवैभन्दा मूल्यवान अटो व्रान्ड विवाइडीले एक्सपोमा पहिलो इलेक्ट्रिक सुपर कार सहित थुप्रै नयाँ इलेक्ट्रिक कारलाई प्रदर्शनीमा राख्ने भएको छ । जसमध्ये औडी आर८ को प्रतिस्पर्धीका रुपमा लिइएको याङवाङ यू९ प्रमुख आकर्षण वन्ने देखिएको छ । यो नयाँ इलेक्ट्रिक कारालाई विवाइडीले केही समयअघि सार्वजनिक गर्ने घोषणा गरेको थियो । यो वाहेक उसले अर्को छुट्टै व्रान्ड एफलाई पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
मिनीले आफ्नो पहिलो इभी एसम्यानलाई पहिलो पटक सो एक्सपोमा राख्ने भएको छ । यसैगरी वेलायतका लागी जम्मा १५० वटा र यूरोपका लागी ९९९ यूनिटमात्र उत्पादन हुने मिनी इलेक्ट्रिक कन्भर्टीवललाई समेत अवलोकनकर्ताले पहिलो पटक सो एक्सपोमा हेर्न पाउनेछन् ।
जापनीज अटो निर्माता निसानले म्याक्स–आउट कन्सेप्टलाई पहिलोपटक प्रदर्शनीमा राख्नेछ । यो इलेक्ट्रिक स्पोर्टस कारलाई अवको केही समयपछि बजारमा ल्याउने भन्दै निसानले यसको कन्सेप्टलाई वाहिर ल्याएको थियो ।
जर्मन लक्जरी व्रान्ड मर्सीडिज वेन्जले इलेक्ट्रिक मेव्याक ईक्यूएस एसयूभीलाई प्रदर्शनीमा राख्ने भएको छ भने उसले जीलीसंग मिलेर बजारमा ल्याउन लागेको स्मार्ट३ लाई पनि प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
यसैगरी अन्य व्रान्डहरु पोलस्टार, एक्सपेङ, हिफी र जीकर लगायतले पनि आफ्नो नयाँ इलेक्ट्रिक कारलाई सोही एक्सपो मार्फत पहिलोपटक सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
सोनी र होन्डाको संयुक्त समन्वयमा सोनी होन्डा मोबिलिटीले लास भेगासमा...
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...
जापनिज अटो निर्माता टोयोटाले हालसालै नयाँ इलेक्ट्रिक कार विजेड ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...