काठमाडौँमा ‘सम्पदा घुम्ती बस सेवा’ सुरु

काठमाडौँ – उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आजबाट काठमाडौँमा सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरू– पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने आजबाट “सम्पदा घुम्ती बस सेवाको परिक्षण सञ्चालन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आज ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका हुन् ।

बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवद्र्धन हुने अपेक्षा गरिएको बताए ।

उनले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि यो एउटा सानो प्रयास भएको बताउँदै यसको परिक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए । आजदेखि सुरु भएको सम्पदा बसमा पर्यटन मन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबारसंग्रहालयसम्म यात्रा समेत गरेका थिए ।

शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवद्र्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताउँदै सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताए ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा सुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरूसँग समन्वय र सहकार्य आवश्यक भएको धारणा राखे ।

साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरू सञ्चालन हुने र यसको सफलताको आधारमा अरू बस थपिने जानकारी दिए ।

पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक) ,महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ ।

यस्तै फर्किदा तारागाँउ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

सुनसान बन्याे काठमाडौं, ५ लाख बढीले छाेडे

सुनसान बन्याे काठमाडौं, ५ लाख बढीले छाेडे

काठमाडौं – दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ।...

काठमाडौँमा आजबाट  ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौँमा आजबाट  ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको...

ट्राफिक प्रहरीको २४ घण्टे पूर्जी पाउनु भयो ? कागज पत्र फिर्ता लिन अब के गर्ने ?

ट्राफिक प्रहरीको २४ घण्टे पूर्जी पाउनु भयो ? कागज पत्र फिर्ता लिन अब के गर्ने ?

ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिनका निम्ति जरिवाना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...