काठमाडौँमा आजबाट  ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौँ - आजदेखि काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आउने भएको छ । 

काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा आउन लागेको हो । 

नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट  ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।

आज ललितपुर महानगरपालिकाबाट औपचारिक रूपमा सुरु गरिने  ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ । 

सम्बन्धित समाचारहरू

जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारी साधनको कर, दस्तुर र जरिवानामा छुट

जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारी साधनको कर, दस्तुर र जरिवानामा छुट

काठमाडौं–बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३ र...

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

कास्की – जिल्लाको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको...

एकैदिन दुई हजार १११ चालक कारवाहीमा, पाँच लाख ६५ हजार राजस्व सङ्कलन

एकैदिन दुई हजार १११ चालक कारवाहीमा, पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...