ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका २०६ जना विद्यार्थी परिचालन
काठमाडौँ – काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरू आजबाट ट्राफिक...
ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिनका निम्ति जरिवाना तिर्न सेवाग्राहीलाई बैंक तथा बित्तीय संस्थसम्म पुग्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् ।
नेपाल प्रहरीले संचालनमा ल्याएको ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी सम्बन्धी प्रणाली Traffic Violation Record System (TVRS) का कारण यो प्रक्रिया सम्भव भएको हो ।
TVRS प्रणाली वि.सं २०५८ सालमा शुरू भएकोमा समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ बाट काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो । हाल यस प्रणाली देशभरिका ४५ भन्दा बढी जिल्लाहरूमा सञ्चालनमा रहेको छ ।
सवारी चेकजाँचका क्रममा यदि तपाईबाट सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिमको कसुर हुन गएमा तपाईको सडक र सवारीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिई तपाईलाई सडकमा खटिएका ट्राफिक प्रहरीले केही विवरणहरु भरेर २४ घण्टे पूर्जी दिने गर्दछन् ।
ट्राफिक प्रहरीबाट तपाईले २४ घण्टे पूर्जी प्राप्त गरिसकेपछि के गर्ने त ? आउनुहोस् ट्राफिक चेकजाँचका क्रममा ट्राफिक प्रहरीबाट २४ घण्टे पूर्जी लिए पछि कागज पत्र फिर्ता लिन तपाईले अबलम्बन गर्नुपर्ने प्रक्रियाहरुका बारेमा जानकारी राखौं ।
ट्राफिक कारबाहीमा परेका कागज पत्र फिर्ता लिने प्रक्रिया
सडकमा खटिएका ट्राफिक प्रहरीले तपाईबाट खिचिएका कागजपत्रहरु सम्बन्धित कार्यालयमा बुझाउँछन् । सम्बन्धित शाखामा कार्यरत कर्मचारीले TVRS मा ती कागजपत्रहरुको सम्पूर्ण विवरणहरु (चिट नम्बर र लाइसेन्स नम्बर, सवारी दर्ता किताबमा उल्लेखित नाम र अन्य विवरण) दर्ता गर्छन् ।
यस प्रणाली मार्फत विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारवाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसूरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो ? यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ ।
त्यस्तै चालकले कति पटक कुन कुन कसुर गरेको हो सो सम्बन्धी पटके कसूर विवरण पनि यस प्रणालीले आफै हिसाब राख्दछ । यसरी सम्पूर्ण विवरणहरु TVRS दर्ता भएका विवरणको आधारमा ट्राफिक नियम उल्लङ्घनकर्ताले विभिन्न अनलाइन वित्तीय प्रणालीहरूको प्रयोग गरी जरिवाना तिर्न सक्दछन् ।
कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन वित्तीय प्रणाली मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्छन् ।
यसरी भुक्तानी पश्चात प्राप्त रसिद लिएर सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा बुझाए पश्चात ट्राफिक कारबाहीमा खिचिएका कागजपत्रहरु फिर्ता पाइन्छ ।
बिष्णु थापा, ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक
काठमाडौँ – काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरू आजबाट ट्राफिक...
काठमाडौं – कुनै सवारी धनीले ट्राफिक नियम उल्लंघन गरेमा अब मोबाइलमा...
काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...