बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’, तीन मोटरसाइकल पुरस्कार दिने
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा...
नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई लोकप्रिय मोटरसाइकल पल्सर एनएस २०० र पल्सर २२० एफको एक एक भेरिएन्टको मूल्य एउटै छ । यी दुवै मोटरसाइकल युवा पुस्ताले निकै नै रुचाएका छन् ।
नेपाली बजारमा अन्य धेरै भेरिएन्टमा यी दुई मोटरसाइकल भए पनि नन–एबीस दुवै मोडलको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।
पल्सर २०० एनएस २०० सीसी सेगमेन्टमा सबैभन्दा लोकप्रिय नेकेड स्पोर्ट्स बाइक भएको बजाजको दावी छ । पर्फमेन्स, पावर र स्पिड सबैमा अलराउन्डर मानिएको यो मोटरसाइकल विशेषतः युवा राइडरमाझ लोकप्रिय छ । यो विभिन्न तीन मोडल पल्सर एनएस २०० नन एबीएस, एबीएस र एबीएस एफआईमा उपलब्ध छ । यी मोटरसाइकलको मूल्य क्रमशः ३ लाख २९ हजार ९ सय, ३ लाख ६७ हजार ९ सय र ३ लाख ९३ हजार ९ सय रुपैयाँ छ ।
१९९.६ सीसी लिक्विड–कुल्ड इन्जिनयुक्त यो मोटरसाइकले २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । ६–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ३६ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । स्पोर्टी लुकको यो मोटरसाइकलमा एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्पोर्टी लुक, न्यु टेक्स्चर्ड स्प्लिट सिट, ब्युटिफुल टेललाइट र ट्रिपल–स्पार्क डीटीएसआई इन्जिन आदि फिचर उपलब्ध छन् ।
२२० सीसी इन्जिनयुक्त यो मोटरसाइकलले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ । एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् । बजाज पल्सर २२०एफ नन एबीएसको मूल्य ३ लाख २९ हजार ९ सय र एबीएसको मूल्य ३ लाख ६१ हजार ९ सय रुपैयाँ छ ।
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा...
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...