साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान, यस्तो छ योग्यता

काठमाडौँ – प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिका लागि साझा यातायातले दरखास्त आह्वान गरेको छ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको हो ।

प्रमुख कार्यकारी अधिकृत पदका लागि  मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ ।

कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरी कार्य अनुभव हासिल गरेको तथा दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने बताइएको छ । दरखास्त दिने अन्तिम मितिसम्म त्रिसट्ठी वर्ष उमेर ननाघेको पनि हुनुपर्नेछ ।

आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा रीतपूर्वक दरखास्त आह्वान गरिएको छ । निर्धारित मितिभित्र प्राप्त हुन नआएको तथा रीत नपुगेको दरखास्त स्वीकृत नहुने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै

अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै

काठमाडौँ – अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले...

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

काठमाडौं -आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने...

अगाडि बढिरहेको कारमा अचानक रिभर्स गियर लाग्दा के हुन्छ ?

अगाडि बढिरहेको कारमा अचानक रिभर्स गियर लाग्दा के हुन्छ ?

कारको हरेक गियरको गति हुन्छ। यसको अर्थ एउटा गियरमा कारलाई निश्चित गतिमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...