रोबोट ट्याक्सी र ड्रोनको तीव्र विस्तारले चीनमा लाखौं चालकको रोजगारी संकटमा
चीनमा एआई र अटोमेशन प्रविधिको तीव्र विस्तारसँगै नयाँ प्रकारको सामाजिक तथा...
काठमाडौं – साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । सो एपका माध्यमबाट काठमाडौं उपत्यकामा आफ्नो नजिकका साझा यातायातका बसहरू कहाँ र कुन अवस्थामा छन्, सबै जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
“हाम्रो एपले नजिकका बस र रुटको रियल टाइम (वास्तविक समय) को जानकारी उपलब्ध गराउनेछ,” कम्पनीले विज्ञप्तिमा भनेको छ, "हाम्रो अन्तर्क्रियात्मक नक्साको फिचर प्रयोग गरेर आत्मविश्वासका साथ सहर ‘एक्स्प्लोर’ गर्न सक्नुहुनेछ ।”
यसबाट वास्तविक समयमा बस ट्रयाक समेत गर्न सकिने कम्पनीको भनाइ छ । सो एप प्रयोग गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।
यसरी गर्न सकिन्छ साझा प्लस एपको प्रयोग
माथिको लिंकमा क्लिक गरेर एप डाउनलोड गरिसके पछि त्यसलाई खोल्ने र गेट स्टार्टेड (Get Started) बटनमा ट्याप गर्ने । त्यसपछि स्क्रिनमा देखिएको साइन इन विथ गुगल (Sign in with google) बटनमा थिच्ने र आफूलाई उपयुक्त हुने गुगल एकाउन्ट छान्ने । त्यसपछि एप खुल्छ ।
यसरी एपमा साइनअप गरिसकेपछि विभिन्न रुटहरू देखिन्छ । त्यस्ता रुटमा क्लिक गरी कुन बस गुडिरहेको छ, कुन बस कुन रुटमा रोकिएको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।
त्यसबाहेक स्टेसन कहाँ छ, आफ्नो नजिक कुन बस कति बजे आइपुग्छ, कतिको स्पिडमा गुडिरहेको छ भन्ने कुराको जानकारी समेत पाउन सकिन्छ ।
यसबाट साझा यातायातको वारेमा सबै जानकारी पाउन सकिने भएकाले एप उपयोगी हुने सक्ने अनुमान गर्न सकिन्छ ।
चीनमा एआई र अटोमेशन प्रविधिको तीव्र विस्तारसँगै नयाँ प्रकारको सामाजिक तथा...
प्रविधिको द्रुत विकाससँगै ह्याकिङजस्ता साइबर जोखिमहरू बढिरहेको छ ।...
चीनले कार सेफ्टी सम्बन्धी नियमहरूमा ऐतिहासिक परिवर्तन गरेको छ। चीनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...