धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं – नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम ‘हेल्मेट्स फर लाइफ, ओरिएन्टेसन अफ सेफ्टी राइडिङ’ आयोजना भएको छ ।

करिब ५० जना दुई पाङगे्र सवारी साधन प्रयोगकर्ता सहभागी भएका सो कार्यक्रममा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपालमा दुई पांग्रे सवारी दुर्घटनाको अवस्था, सेफ्टी राइडिङ्ग तरिका, गुणस्तरीय हेल्मेटको बनावट र महत्वको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

सोही अवसरमा आयोजना भएको ‘स्लो बाइक राइडिङ कम्पिटिसन’ मा ६ जना प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये सरोज खड्गीले प्रथम स्थान हासिल गर्दा विकास तामाङ दोश्रो भए । कार्यक्रममा नासा नेपालद्वारा तयार गरिएको ‘सुरक्षित मोटरसाइकल र स्कुटर यात्राका लागि जानकारी’ पर्चाको वितरण गर्नुका साथै सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो ।

धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारीले सवारी सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमले ठुलो महत्व राख्ने बताउदै सवारी चालकले सवारी साधन चलाउदा विशेष ध्यान पु-याएर चलाउनु पर्ने र सुरक्षित हेल्मेटको प्रयोग गर्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नासा नेपालका सचिव निरज खड्का, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष प्रकाश रोका, नासा नेपालका ब्रान्डिङ अफिसर सौगात राजभण्डारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ

ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ

काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...

चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

काठमाडौं – चार जना महिला राइडरहरुको समूहले पोखरा देखि लोमान्थाङ सम्मको...

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी

काठमाडौं – एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...