परीक्षणका क्रममा देखियो टाटा सफारी ईभी, महिन्द्रा एक्सईभी ९एससँग प्रतिस्पर्धा गर्ने

टाटाले निकट भविष्यमा लन्च गर्ने तयारी गरेको नयाँ विद्युतीय एसयूभी सफारी पहिलोटपक परीक्षणमा देखिएको छ । महिन्द्रा एक्सईभी ९एससँग प्रतिस्पर्धा गर्नेगरी आउन लागेको सो एसयूभी सफारीको आईसीई भर्सनसंँग मिल्दोजुल्दो देखिन्छ ।

थ्री रो सिट लेआउटमा उपलब्ध हुने सफरी ईभीको टेललाइट, रूफ स्पोइलर, रूफ रेल र शार्क फिन एन्टेना जस्ता बाहिरी भागहरु हुवहु यसको आईसीई संस्करणबाट लिइएको छ ।

एसयूभी टाटाको एक्टिभ.ईभी+ प्लेटफर्ममा आधारित हुनेछ । यसमा ह्यारियर ईभी जस्तै स्वतन्त्र,मल्टी लिङ्क रियर सस्पेन्सन सेटअप राखिएको छ ।

सफारी ईभी ६५ किलोवाट आवर र ७५ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुने अपेक्षा गरिएको छ । एसयूभी सिंगल मोटर फ्रन्ट ह्विल–ड्राइभ र डुअल मोटर अल ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...