आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा उतार्ने भएको छ । यामाहाले सन् २०२२ भित्रै भारतीय बजारमा नयाँ बाइक आरएक्स १५५ लाई उतार्ने भएको हो । सोहि क्रममा कम्पनीले यसअघिको आरएक्स १०० कै लुक्समा आधारित यसको डिजाइन समेत तयार गरिसकेको छ । यो बाइकमा आर१५ मा उपलब्ध गराइएको १५५ सीसी क्षमताको इन्जिन जडान गर्ने यामाहाले जनाएको छ । १९८५ देखी २००५ सम्म भारतीय बजारमा उत्पादन गरी बिक्री बितरण गर्दै आएको आरएक्स १०० ले नेपालमा समेत राम्रै चर्चा कमाएको थियो ।

नयाँ बाइकको डिजाइन ब्ल्याक कलर थिममा गरिएको छ । सार्बजनिक गरिएको डिजाइन अनुसार यसको इन्जिन, फेन्डर, सस्पेन्सन, साइड प्यानल, स्पोक ह्विल लगायत अधिकांश भागलाई कालो कलारमा समायोजन गरिएको छ । सर्कुलर हेडल्याम्प, ट्विन पोड इन्स्ट्रुमेन्ट कन्सोल र फराकिलो ह्यान्डलबारले यस बाइकको लुक्सलाई थप क्लासिक बनाएको देख्न सकिन्छ । यामाहाले यो बाइकको सस्पेन्सनलाई भने कुनै परिबर्तन नगर्ने बताएको छ । अगाडी टेलिस्कोपिक फर्क र पछाडी डुअल सस्पेन्सन उपलब्ध गराइने छ ।

फिचर्सका बारेमा बिस्तृत बिरणहरु सार्बजनिक भैनसके पनि यसमा कम्तिमा पनि सिंगल च्यानल एबिएस भने उपलब्ध हुने अनुमान लगाइएको छ । आर१५ कै इन्जिन जडान गरिने हुँदा अधिकांश स्पेशिफिकेसन सोही बाइकसंग मिल्ने देखिन्छ । यामाहाले हालसालै लन्च गरेको आर१५ भी४ मा क्लच फ्रि गियर सिफ्टिङका लागी क्विक सिफ्टर र ट्र्याक्सन कन्ट्रोल जस्ता सेफ्टि फिचर्स समेत दिएको छ । यो फिचर्स आरएक्स१५मा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यसको इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्नेछ ।

सम्बन्धित समाचारहरू

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर...

नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५

नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५

यामाहाले युवाहरुका बीच लोकप्रिय बाइक एमटी–१५ लाई फेरि नयाँ लुक र फिचर सहित...

नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लु इन्टरप्राइजेज बीच  व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लु इन्टरप्राइजेज बीच व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...