कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव
सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका...
जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा उतार्ने भएको छ । यामाहाले सन् २०२२ भित्रै भारतीय बजारमा नयाँ बाइक आरएक्स १५५ लाई उतार्ने भएको हो । सोहि क्रममा कम्पनीले यसअघिको आरएक्स १०० कै लुक्समा आधारित यसको डिजाइन समेत तयार गरिसकेको छ । यो बाइकमा आर१५ मा उपलब्ध गराइएको १५५ सीसी क्षमताको इन्जिन जडान गर्ने यामाहाले जनाएको छ । १९८५ देखी २००५ सम्म भारतीय बजारमा उत्पादन गरी बिक्री बितरण गर्दै आएको आरएक्स १०० ले नेपालमा समेत राम्रै चर्चा कमाएको थियो ।
नयाँ बाइकको डिजाइन ब्ल्याक कलर थिममा गरिएको छ । सार्बजनिक गरिएको डिजाइन अनुसार यसको इन्जिन, फेन्डर, सस्पेन्सन, साइड प्यानल, स्पोक ह्विल लगायत अधिकांश भागलाई कालो कलारमा समायोजन गरिएको छ । सर्कुलर हेडल्याम्प, ट्विन पोड इन्स्ट्रुमेन्ट कन्सोल र फराकिलो ह्यान्डलबारले यस बाइकको लुक्सलाई थप क्लासिक बनाएको देख्न सकिन्छ । यामाहाले यो बाइकको सस्पेन्सनलाई भने कुनै परिबर्तन नगर्ने बताएको छ । अगाडी टेलिस्कोपिक फर्क र पछाडी डुअल सस्पेन्सन उपलब्ध गराइने छ ।
फिचर्सका बारेमा बिस्तृत बिरणहरु सार्बजनिक भैनसके पनि यसमा कम्तिमा पनि सिंगल च्यानल एबिएस भने उपलब्ध हुने अनुमान लगाइएको छ । आर१५ कै इन्जिन जडान गरिने हुँदा अधिकांश स्पेशिफिकेसन सोही बाइकसंग मिल्ने देखिन्छ । यामाहाले हालसालै लन्च गरेको आर१५ भी४ मा क्लच फ्रि गियर सिफ्टिङका लागी क्विक सिफ्टर र ट्र्याक्सन कन्ट्रोल जस्ता सेफ्टि फिचर्स समेत दिएको छ । यो फिचर्स आरएक्स१५मा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यसको इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्नेछ ।
सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका...
काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
म्याक्सि स्कुटर एरोक्स १५५ बिक्री गर्दै आएको यामाहाले अर्को नयाँ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...